बिपी प्रतिष्ठान भित्रका फार्मेसी बन्द बिरामीलाई सास्ती

सुनसरी /  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल भित्रै सञ्चालनमा रहेका फार्मेसीमा कार्यरतहरूले सेवा अवरुद्ध गरेका छन् । फार्मेसीका ठेकेदारले तलब नदिँदा फार्मेसिष्टहरुले काम बहिस्कार गरेका हुन् । फार्मेसीमा कार्यरतहरूले सेवा अवरुद्ध गर्दा बिरामीहरुलाइ समस्या परेको छ । प्रतिष्ठान भित्र ४ वटा फार्मेसी छन् । ती फार्मेसीमा कार्यरतहरूले सञ्चालकले तलब नदिएको भन्दै उप मेयर आइन्द्र विक्रम बेघालाई जानकारी गराएका थिए।

बिपी अस्पतालमा सञ्चालित सबै फार्मेसीमा कार्यरत कर्मचारी नआउँदा इमर्जेन्सी लगायतका बिरामीहरूका लागि रातविरात औषधि खरिद गर्न कठिनाइ भएको छ । सहायक फार्मेशिष्ट स्वस्ति श्रेष्ठका अनुसार फार्मेसीमा कार्यरत १८ जना सहायक फार्मेसिस्टहरूले सेवा बहिष्कार गरेपछि सबै फार्मेसी बन्द भएको हो । फर्मेसिष्टहरुले ६ महिना देखीको तलब नपाएको बताएका छन् ।

बिपी प्रतिष्ठानले अस्पतालको फार्मेसी सञ्चालन गर्न केटिएम सेक्युरिटी कम्पनीलाई ठेक्का दिएको छ। ठेकेदार कम्पनीले त्यहाँ कार्यरत फार्मेसिष्ट कर्मचारीले कार्तिक देखि तलब भत्ता दिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित