बुढासुब्बा गोल्ड कप : लिंग च्याम्पियन चर्च ब्वाइज पहिलो चरणबाटै बाहिरियो

धरान । लिग च्याम्पियन चर्च बोइज युनाइटेड  धरानमा जारी २४ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ !

धरान रंगशालामा आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा  काकरभिटा फुटबल ट्रेनिङ सेन्टर झापासँग १–० गोल अन्तरले पराजित हुँदै चर्च बोइज प्रतियोगिताको पहिलो चरणबाटै  बाहिरिएको हो !

खेलको ४४ औ मिनेटमा झापाका आशिस चापागाइको निर्णनायक गोलले झापा प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ! पाएको अबसरलाई गोल गर्न नसक्दा झापा गोल्डकपको उपाधी उचालेको चर्च बोइजले झापासँग अनपेक्षित हार ब्याहोर्नु प¥यो !

झापाले फाइनल यात्राका लागि आउदो बिहीवार एनआरटी क्लब काठमाण्डौसँग भिड्ने छ ! खेलको म्यान अफ दि म्याच झापाका बिशाल घलान घोसित हुँदै नगद १० हजार पाए !भोली बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक धरान र मोरङ फुटबल एशोसियसनबिच हुने आयोजकले जनाएको छ !

चैत्र ३ गतेसम्म सन्चालन हुने प्रतियोगितामा विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित