ग्रिनपिस एकेडेमीमा सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न (तस्विरहरू)

इटहरी । इटहरीको ग्रिन पिस एकेडेमी स्कुलमा सोमबार सांस्कृतिक कार्यक्रम सहित पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । स्कुलले वर्षभरि आयोजना गरेको विभिन्न खेलकुद लगायत अतिरिक्त क्रियाकलाप सँगै वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

स्कुलका प्रिन्सिपल रुद्र गौतमको सभाध्यक्षमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू गरेका थिए । नमुना कलेजका प्रधानाध्यापक धर्म नयाैपानेकाे प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा साना विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ग्रिन पिस लिङ्कन कलेजका प्रधानाध्यापक मुक्तिराज सुबेदी ,नमुना कलेज फाइनान्स डाइरेक्टर शङ्कर कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए । गुणस्तरीय शिक्षामा सदैव अब्बल देखिएको इटहरीस्थित ग्रिन पिस एकेडेमीमा ९ सय भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् भने ५० बढी शिक्षक तथा कर्मचारी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित