बुढासुब्बा गोल्डकप : पुलिसलाई हराउँदै मोरङ पुग्याे सेमिफाइनलमा

इटहरी । सुनसरीकाे धरानमा जारी २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल अन्तरगत साेमबार भएकाे खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० गोलले हराउँदै मोरङ जिल्ला फुटबल क्लबले सेमिफाइनलकाे यात्रा अघि बढाएकाे छ । खेलकाे पहिलाे हाफ अन्तरगत दुवै टिमले अवसर पाएपनि कुनै गाेल गर्न सकेनन ।

 खेलको ७० औ, ८० औ र दोस्रो हाफको इन्ज्युरी समयमा मोरङ्ले तीन गोल गरेर अन्तिम चारको स्थान पक्का गरेको हो । ७० औ मिनेटमा मोरङका लागि महेन्द्र कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।दोस्रो हाफको इन्जुरी समयमा मोरङका सुशिल राईले गोल गरेपछि टिमले अग्रता पाएकाे थियाे ।

 पुलिसका हेमन्त श्रेष्ठले मोरङका खेलाडीसँग झगडा गरेपछी रेड कार्ड पाउदै खेलबाट बाहिरिन पुगेका थिए ।मोरङ्ले अब आयोजक धरान फुटबल क्लबसँग फाइनलको लागि प्रतिस्पर्धा गर्ने छ् ।  

खेलको म्यानअफ दि म्याच मोरङका उमेश कार्की घोसित हुँदै नगद १० हजार पाए ।भोली मंगलबारको अन्तिम क्वाटरफाइनल खेल लिग च्याम्पियन चर्च बोइज युनाइटेड र काकरभिटा फुटबल ट्रेनिङ सेन्टर झापा बिच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित