कानेपोखरीमा नालीमा लडेर वृद्धाको मृत्यु

कानेपोखरी /  मोरङको कानेपोखरी गाउँपालिका–७ शुक्रबारे टोलमा नालीमा लडेर आइतबार राति एक जना वृद्धा महिलाको मृत्यु भएको छ ।

घरनजिकको निर्माणाधीन नालीमा लडेर ७३ वर्षीया इन्द्रकुमारी लिम्बूको मृत्यु भएको हो । प्रहरीका अनुसार राति ९ बजेतिर अचानक नालीमा लडेर लिम्बू गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि विराटनगरको आर्या न्यूरो अस्पताल ल्याइएको थियो ।

अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ । घरमा वृद्धा एक्लै बस्दै आएको खुलेको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित