पूर्वेली न्यूजकर्मी मणिराम दाहाल सम्मानित

इटहरी  / माेरङकाे सुन्दरहरैँचा नगरपालिका ५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलकाे १५ अाै वार्षिकोत्सब तथा अभिभावक दिवसका अवसरमा पूर्वेली न्यूजकर्मी मणिराम दाहाल सम्मानित भएका छन् ।   नगरकाे विविध क्षेत्रकाे विकासमा पत्रकारिताकाे माध्यमबाट अनवरत रूपमा विगत १४ बर्ष देखि समर्पित दाहाललाई कार्यक्रमका प्रमुख अतिथि तथा नगरका संस्थापक मेयर शिवप्रसाद ढकालले दाेसल्ला अाेडाएर सम्मानपत्रका साथमा सम्मानित गरेका थिए । गीत संगित तथा साहित्यमा समेत रूचि राख्ने दाहाल स्थानिय लगायत राष्ट्रिय मिडियामा आवद्व रहेर व्यवसायिक पत्रकारितामा संलग्न छन् ।

दाहालसँगै उनका श्रीमती मन्जु तिम्सिना दाहाललाई समेत कार्यक्रममा सम्मानित गरिएको थियाे । तेसै गरि कार्यक्रमकाे अवसरमा समाजसेवी भगवान माैक्तान र श्रीमति खीनामाया माैक्तान साथै लाेकगायक बालकृष्ण सग्देल तथा सरस्वती सिग्देललाई समेत कार्यकाे उच्च मुल्यांकन गर्दै सम्मानित गरिएको थियाे ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल सन्ताेष राईले विद्यालयकाे प्रगति प्रतिवेदन तथा भावी याेजना प्रस्तुत गरेका थिए । कार्यक्रममा पूर्व  विद्यार्थी ,अभिभावक तथा विविध विधामा उत्कृष्ट हुने विद्यार्थी तथा शिक्षक कर्मचारीलाई प्रशंसापत्र मार्फत सम्मान गरिएकाे थियाे । विद्यार्थीद्वारा उत्कृष्ट नृत्य तथा गीतसंगित प्रस्तुत गरिएको कार्यक्रमकाे सञ्चालन विद्यालयका अध्यक्ष माेहनप्रसाद ढकालबाट भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित