पाथीभरा स्कुलका ८०० बढी बिद्यार्थीहरूकाे निःशुल्क दन्त परीक्षण

 इटहरी । नियमित विद्यालय आउने विद्यार्थीहरूका स्वास्थ्यलाई मध्यनजर गर्दै इटहरीस्थित पाथीभरा सेकेन्डरी स्कुलले आइतबार निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत कक्षा पिसी देखि कक्षा १० सम्मका ८०० विद्यार्थी र ८०जना शिक्षक कर्मचारी उक्त शिविरबाट लाभान्वित बनेका छन् । 

इटहरीस्थित पब्लिक डेन्टलकाे सहयोगमा आइतबार विद्यालयमा निःशुल्क दन्त शिविर गरिएको विद्यालयले जनाएको छ । शिविरमा विद्यार्थी तथा शिक्षक कर्मचारीहरूलाई दाँत सफा गर्ने तरिका सँगै बिग्रिएका दाँत निकाल्ने सम्म गरिएको थियो । 

विद्यालयका बालबालिकाहरूको हकमा भने गुलियो मिठाइ धेरै नखान चिकित्सकहरूले सुझाव दिएका थिए । त्यस्तै चिकित्सकहरूले शिक्षक कर्मचारीहरूलाई र ७ कक्षा देखि माथिका बिद्यार्थीहरूलाइ दाँतकाे विशेषता ,महत्त्व र क्षमताबारे सचेतना सहित उचित परामर्श प्रदान गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित