२४ औं बुढासुब्बा गोल्डकप : विभागीय टिम आर्मीलाई हराउदै एनआरटी सेमी फाइनलमा

 धरान । धरानमा शुरु भएको २४ औं बुढासुब्बा गोल्डकपको दोस्रो दिनको खेलबाट विभागीय टिम आमीलाई हराउदै एनआरटी फुटबल क्लब काठमाण्डौ सेमी फाइनलमा प्रवेश गरेको छ ।आइतबार धरान १६ स्थित रंगशालामा शुरु भएको प्रतियोगिताको दोस्रोे खेलमा एनआरटीले विभागीय टिम त्रिभुवन आमी क्लबवलाई २–१ को अन्तरले जित निकाल्दै सेमी फाइनलको यात्रा तय गरेको छ ।

अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा एनआरटीले खेलको ४ मिनेट र ६१ औ मिनेटमा गोल गरेको थियो । खेलको ४ मिनेटमा एनआरटीका तर्फ जर्सी नंं ९ का शिशिर लेखिले उत्कृष्ट गोल गर्दै आफ्नो टिमको खाता खोलेका थिए भने ६१ औ मिनेटमा अफ्रिकन खेलाडी ओफिज ओलाओलेले थप १ गोल गर्दै आफ्ना्े टिमको जित सुनिश्चित गरेका थिए । यता आर्मीको तर्फबाट १ मात्र गोल खेलको १३ औं मिनेटमा जर्सी नं. २४ का मनबहादुर आले मगरेले गरेका थिए । खेलको म्यान अफ म्याच भने एनआरटीका शिशिर लेखी घोषित हुदै नगद १० हजार र ट्रफी प्राप्त गरे । 

भोलि सोमबारको खेल मोरङ जिल्ला फुटबल संघका विरुद्ध विभागीय टिम नेपाल पुसिल बीच हुने आयोजकले जनाएको छ ।प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लबसहित थ्रीस्टार क्लब, धरान फुटबल क्लब, एनआरटी काठमाण्डौं, त्रिभुवन आर्मी क्लब, काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ र भारतीय क्लब युके एफसीसहित ८ टिमले प्रतियोगितामा जनाएका छन् ।

प्रतियोगिताको विजेताले ट्रफीसहित नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउनेछ भने उत्कृष्ट खेलाडीले नगद १ लाख, प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित