संखुवासभाको खाँदबारीमा श्रीमतीको हत्या गरेर फरार भएका शेर्पा पक्राउ

सुन्दरहरैचा । संखुवासभाको खाँदबारीमा श्रीमतीको हत्या गरेर फरार भएका एक जनालाई पक्राउ गरिएको छ। गत १८ गते रातको समयमा जिल्ला संखुवासभा खाँदबारी नगरपालिका वडा नम्वर-७ स्थित नयाँ भैरवी दल गुल्म ब्यारेक अगाडी खड्ग बहादुर श्रेष्ठको घरमा कोठा डेरा गरी बस्ने जिल्ला संखुवासभा सिलिचोङ गाउँपालिका वडा नम्वर-२ घर भएकी बर्ष २६ की बिना कुमारी राईको हत्या गरेर फरार भएका  बर्ष ३१ को मंशिरे शेर्पालाई पक्राउ  गरेकाे संखुवासभाका डीएसपी घनाश्याम श्रेष्ठले जानकारी दिए।  

अभियुक्त शेर्पालाई आइतबार संखुवासभा प्रहरीले  पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । खाँदबारी नगरपालिका वडा नम्वर-११ हरेलो घर भई श्रीमान् श्रीमति जस्तै भएर लिभिङ टुगेदरमा सँगै कोठा डेरा गरी बसेका उनले मादक पदार्थ सेवन गरी  घरायसी विवाद हुँदा कुटपिट पश्चात हत्या गरी फरार रहेकोमा बिहिबार राती ११:३० खाँदबारी नगरपालिका वडा नम्वर-७ बेलफेयर डाँडा नजिकै राजन शेर्पाको घरमा लुकीछीपी रहेको अवस्थामा पक्राउ गरेको डीएसपी श्रेष्ठले बताए । अभियुक्तलाई कानूनी दायरामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित