२४औँ बुढासुब्बा गोल्डकपः आयोजकको विजयी सुरुवात

सुनसरी । २४औँ बुढासुब्बा गोल्डकपमा धरान फुटबल क्लबले राम्रो सुरुआत गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक धरान फुटबल क्लबले पाहुना टोली भारतको युकेएफसीलाई सडन डेथमा पराजित गरे सँगै धरान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको हाे ।

खेलको ५९औँ मिनेटमा धरानका लागि मिलन राईले गोल गरी अग्रता दिलाएका थिए । तर  युकेएफसीका लागि नयन प्रधानले ७३औँ मिनेटमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो ।  निर्धारित ९० मिनेटमा दुवै टिमबाट थप गोल नभएपछि  पेनाल्टीमार्फत विजेताको टुङ्गो लगाइएको थिये । पेनाल्टी सुटमा पनि समान ५–५ गोल भएपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा १०–९ गोलले धरानले जीत निकालेको हो ।  खेलको प्लेयर अफ द म्याच धरानका गोलरक्षक सचिन श्रेष्ठ भए । प्रतियोगिता अन्तर्गत आज(आइतबार) न्यूरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुनेछ । 

आइतबार हुने खेल न्यु रोड टिम एनआरटी र त्रिभुवन आर्मी बिच हुनेछ । एक सातासम्म चल्ने गोल्ड कपमा ८ टिम सहभागी छन् । २०५५ सालदेखि सुरु भएको प्रतियोगिताको यो संस्करणको विजेताले नगद १० लाख र उपबिजेताले ५ लाख पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले नगद १ लाख, प्रत्येक खेलको म्यान अफ दि म्याचले १० हजार, र बिधागतरुपमा उत्कृष्ट हुनेले जनही नगद २५ हजार पाउनेछ । सर्वाधिक गोलकर्ताले ३५ हजार नगद पाउनेछ । 

प्रतिक्रिया

सम्बन्धित