पथरीकी ज्ञानुमतीको हत्यामा प्रयोग भएको खुकुरी फेला पर्यो

पथरी । फागुन २१ गते राती १० बजे पथरीकी १५ बर्षिया ज्ञानुमती राईको हत्यामा प्रयोग भएको खुकुरी प्रहरीले फेला पारेको छ । शनिबार इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएस्पी गणेश बहादुर श्रेष्ठको नेतृत्वमा रहेको प्रहरी टोलीले हत्यामा प्रयोग भएको खुकुरी गोहीहोली (पानी) भित्र फेला पारेको हो । हत्यामा संलग्न ब्यत्ति ३८ बर्षिय धिरेन कुमार खाँ चौधरीले बिहान आफुलाई ज्ञानुको शवलाई अन्त्येष्टी गरिएको स्थान लगेमा खुकुरी फयाँकेको स्थान देखाइदिने भनेका थिए ।

ज्ञानुको शव अन्त्येष्टी गरिएको स्थान पथरीशनिश्चरे २ को सुनझोडा खोलामा प्रहरीले पुर्याएपछि पानी चढाएर खुकुरी फालेको स्थान देखाउन लगेको आधारमा होलीभित्र जमेको पानीमा डुबेर खोजतलास गर्दा हत्यामा प्रयोग भएको खुकुरी भेटिएको प्रहरी स्रोतले जनाएको छ ।

घटना स्थलमा भेटिएको दाप अनुसारकै सिरुपाते खुकुरी रहेको प्रहरीले जानकारी दिएको छ । सामाजिक संजाल फेसबुकबाट चिनजान भएर प्रेममा परेका ज्ञानुमती राईलाई र धिरेन कुमार खाँ चौधरीले २०८० असार १२ गते पथरी देखी भगाएर १३ गते विराटनगर रानी भन्सारमा भारत जानेक्रममा पक्राउ परेका थिए । त्यसबेला ज्ञानुमतीलाई माइती नेपालबाट बुझेर ज्ञानुका भान्जेदाई (फुपुको छोरा) बिनोद राईले ल्याएका थिए । ज्ञानुमती विगत २ वर्ष अगाडीदेखी बिनोदसंग पथरीशनिश्चरे ७ लामाटोलीमा बस्दै आएको परिवार स्रोत बताएको छ ।

ज्ञानुमतीको बाबुको मृत्यु भइसकेको र आमा एसेलुखर्क गाँउपालिका ६ सल्ले खोटाङमा बस्छन । अभियुत्त धिरेन कुमार खाँ चौधरीको स्थाइ ठेगाना ग्रामथान ४ मोतिपुर मोरङ र बाराको सिमरामा पनि घर रहेको छ ।

प्रहरीका अनुसार चौधरी पूर्व प्रहरी जवान पदमा करिब ८ वर्ष सेवा गरेका ब्यत्ति हुन । जागिरकै सिलसिलामा भागेर वैदेशिक रोजगारीमा गएका थिए । उनको एक श्रीमती वैदेशिक रोजगारी मा नै रहेको र १४ वर्षको छोरा समेत रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित