आत्मालोचना गर्दै एलिनाले भनिन्– आवश्यक्ताभन्दा बढी प्रतिकारात्मक भएँ

काठमाडाैं । गायिका एलिना चौहानले गत आइतबार पर्वतको कुश्मामा भएको तेस्रो ऐतिहासिक मगर महोत्सवमा साउन्ड सिस्टमका कारणले भएको घटनामा आत्मालोचना गरेकी छिन्। स्टेजमा गीत गाउँदा गाउँदै साउन्ड सिस्टममा बसेका टेक्निसियनसँग भनाभनसम्म भएको घटनामा आफू आवश्यक्ताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेको उनले स्वीकार गरेकी हुन्। 

६ वटा साउन्ड सिस्टम कम्पनीले एलिनाले माफी माग्नुपर्ने माग राखेपछि उनले शनिबार दिउँसो सामाजिक सञ्जालमार्फत आत्मालोचना गरेकी हुन्।  ‘...सो घटनामा तत्कालिन समयमा म आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिन पुगेका प्रति आत्मालोचना गर्दछु,’ एलिनाले भनेकी छिन्, ‘मञ्चिय प्रस्तुतीका क्रममा साउण्ड ईन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माईकबाटै राखिदिने स्वाभावलाई मैले मेरो कमजोरीका रुपमा स्वीकार गर्दछु।’

उक्त महोत्सवमा टेक्निसियनले उल्टै एलिनालाई ‘पहिले तपाईंको आवाज सफा गर्नुस’ भनेका थिए। त्यसपछि एलिना आफ्नो प्रस्तुत नसकि स्टेजबाटै बाहिरिएकी थिइन्।उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो। 

प्रतिक्रिया

सम्बन्धित