प्रदेश स्तरीय ललितकला प्रदर्शनीमा २५० भन्दा बढी कलाकर्मीहरूको सहभागिता रहने

इटहरी । नेपालमै पहिलो पटक इटहरीमा २५० जना कलाकर्मीहरू एकै स्थानमा भेला भई उनीहरूद्वारा सिर्जित कलाकृतिहरूको प्रदर्शन गरिने भएको छ । सुनसरीको इटहरी म्याट्रिक्समा आगामी फागुन २९ गते देखि चैत्र ८ गते सम्म १० दिने प्रदेश स्तरीय ललितकला प्रदर्शनी हुने भएको हो ।

कोसी प्रदेशका १४ जिल्लाबाट २५० जना कलाकर्मीहरूको सहभागितामा उनीहरूले निर्माण गरेको ४ सय भन्दा बढी कलाकृतिहरूको देशभर एकै समयमा विशेष प्रदर्शनी हुने भएको हो ।नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले विभिन्न विधामा ललितकला सम्बन्धी रुचि राख्ने कोसी प्रदेशका २५० कलाकर्मीबाट ४०० कलाकृतिको प्रदर्शनी गर्ने भएको हो । उक्त कार्यक्रममा चित्रकला , मूर्तिकला , हस्तकला लगायतका कलाकृतिहरू तयार पारी प्रदर्शनी एवम् प्रवर्द्धन गरिने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित