पिसजाेन स्कुलको ३५ औ वार्षिकोत्सव तथा अभिभावक भेला (तस्विरहरू)

इटहरी । शिक्षा क्षेत्रमा बेग्लै पहिचान बनाएको इटहरी ६ स्थित पिसजाेन अावसीय माध्यमिक विद्यालयले बिहीबार ३५ औ वार्षिकोत्सव एवम् अभिभावक भेला सम्पन्न गरेको छ । इटहरी उपमहानगर ६ नं वडाका वडाध्यक्ष दिवस पोख्रेलको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा विद्यालयले बिभिन्न समयमा आयोजना गरेको खेलकुद लगायत अतिरिक्त क्रियाकलाप र परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको थियो ।

 कार्यक्रममा साना विद्यार्थीहरूले सांस्कृतिक नृत्य , गीत , गजल लगायतबाट उपस्थित अभिभावकहरूलाई मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा विद्यार्थीहरू आफैले तयार पारेको सांगितिक कोसेलीहरू उपस्थित अभिभावकहरूमाझ प्रस्तुत गरेका थिए भने किताबमा सिकेको ज्ञानलाई व्यवहारिक रूपमा दर्साउन विभिन्न शैक्षिक प्रदर्शनी गरिएको थियो । 

 विद्यालयका संस्थापक अध्यक्ष तथा कार्यक्रमका सभापति जगदीश प्रसाद वलीले विद्यालयको वार्षिक प्रगतिबारे प्रतिवेदन तथा आगामी योजनाबारे प्रस्ट पारेका थिए ।  कार्यक्रम बिहान १० बजे देखि साँझ ५ बजे सम्म विद्यालयका विद्यार्थी विनिशा दाहाल , सैसा डाँगी लगायतले सकृिय रूपमा सञ्चालन गरेका थिए । 

इन्टरनेशनल स्कुल अवार्ड समेत जित्न सफल भएको पिसजोन आवासीय माध्यमिक विद्यालय इटहरीको पुरानो विद्यालय हो । दक्ष तथा अनुभवी शिक्षक शिक्षिका रहेको यस विद्यालयले पढाई सँग सँगै अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित