तरहरा काठ तस्करी प्रकरण : ब्रहम्पुर बनका अध्यक्ष मनाेज तामाङ पक्राउ

बन अधिकृत दिनेश यादव विरूद्ध अख्तियारमा मुद्धा

इटहरी । सुनसरीको तरहरा स्थित राष्ट्रिय तथा सामुदायिक बनबाट काठ तस्करी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । इटहरी १९ ब्रह्मपुर सामुदायिक बनका अध्यक्ष मनोज तामाङलाई प्रहरीले पक्राउ गरेको हो । डिभिजन बन कार्यालय सुनसरीका निमित्त धर्मनाथ यादवका अनुसार  बन क्षेत्रबाट पटक पटक काठ तस्करी गरेको प्रमाण फेला परेपछि अध्यक्ष तामाङलाई पक्राउ गरिएको हो ।

तामाङ पक्राउ परे लगत्तै  फरार रहेका ब्रह्मपुर सामुदायिक बनका उपाध्यक्ष टेकबहादुर बस्नेत, उपभोक्ता समिति सदस्य एवं वन हेरालु आशिष् तामाङ र  पेम्बा तामाङ विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरी खोजी कार्य भइरहेको डिभिजनका निमित्त प्रमुख यादवले बताए ।

तरहरा लगायत आसपासका बन क्षेत्रबाट व्यापक काठ तस्करी हुने गरेको समाचार ब्लास्टले गत फागुन १८ गते नै प्रकाशित गरेको थियो । राष्ट्रिय तथा सामुदायिक बन क्षेत्रबाट तस्करी गरिएको भारिमात्रामा गोलिया ब्रह्मपुर बन क्षेत्रमा लुकाएको अवस्थामा बरामद गरिएको थियो ।

एकै दिन ४० लाख मूल्य बराबरको गोलिया बरामद भएपछि काठ तस्करीको खोजी सँगै अनुसन्धान प्रक्रिया अगाडी बढाइएको डिभिजन बन कार्यालय सुनसरीका निमित्त प्रमुख धर्मनाथ यादवले बताए ।  अनुसन्धानका लागि डिभिजन वन कार्यालय सुनसरीले सब डिभिजन वन कार्यालय पाँचकन्या धरानका प्रमुख एवं वन अधिकृत महेशकुमार साहलाई अनुसन्धान अधिकृत तोकेर काम अघि बढाएको उनले बताए ।

घटनाबारे सोधपुछका लागि ब्रह्मपुर सामुदायिक बनका अध्यक्ष मनोज तामाङलाई बयानकालागि पत्र पठाए पनि सम्पर्कमा नआएपछि तामाङविरुद्ध टोलीले अनुशन्धान अघि बढाइएको थियो । अदालतले पत्र काटे लगत्तै फरार रहेका अध्यक्ष तामाङ सहित बनका उपाध्यक्ष टेकबहादुर बस्नेत, उपभोक्ता समिति सदस्य एवं वन हेरालु आशिष् तामाङ र  पेम्बा तामाङलाई अदालतबाटै पक्राउ पुर्जी जारी गरिएको थियो ।

फरार ४ जना मध्ये सामुदायिक बनका अध्यक्ष तामाङ भने गत मङ्गलवार राती उनकै घरबाट पक्राउ परेको डिभिजन बन कार्यालय सुनसरीका निमित्त प्रमुख धर्मनाथ यादवले बताए । पक्राउ तामाङ हाल इलाका प्रहरी कार्यालय धरानको हिरासतमा रहेका छन् । उनलाई बन वन ऐन २०७६ अनुसार मुद्दा चलाउने तयारी भइरहेको डिभिजन बन कार्यालय सुनसरीले जनाएको छ । गत १२ गते ब्रहमपुर सामुदायीक बन क्षेत्रबाट बरामद भएको गोलीया पनि समितीका अध्यक्ष तामाङकै नेतृत्वमा लुकाइएको अनुशन्धानबाट खुलेको डिभिजन बन कार्यालय सुनसरीका निमित्त प्रमुख यादवले बताए ।

काठ तस्करी र्गन अध्यक्ष तामाङको समुहले ट्रयाक्टरको समेत प्रयोग गृने गरेको बताइएको छ ।  यता काठ तस्करीमा बन कर्मचारीको पनि संलग्नता रहेको भन्दै हासपोसा सामुदायिक बनका अध्यक्ष महेन्द्र गिरीले   सब डिभिजन वन कार्यालय तरहराका प्रमुख दिनेशप्रसाद यादव र ब्रह्मपुर सामुदायिक वनका अध्यक्ष तामाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी दिएका छन् ।

सब डिभिजन वन कार्यालय तरहराका प्रमुख दिनेशप्रसाद यादवले भने आफू कुनै हालतमा तस्करीमा संलग्न नरहेको बताएका छन् । उनले तस्करमा संलग्न भएको प्रमाणित भए प्रचलित कानुन अनुसार सजाय भोग्न तयार रहेको पनि बताए ।बन क्षेत्रबाट कर्मचारी र सामुदायिक बनकै पदाधिकारीको संलग्नतामा काठ तस्करी हुने गरेको उपभोक्ताहरूको आरोप छ ।   

प्रतिक्रिया

सम्बन्धित