शिक्षा सुधारमा उपमेयरको फरक मत : मेयर पौडेलले एकलौटी पेलेको आरोप

इटहरी / शैक्षिक स्तरलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउन इटहरी उपमहानगरले बुधवार आयोजना गरेको बृहत् अन्तरक्रिया कार्यक्रममा उपमेयर सङ्गीता चौधरीले फरक मत राखेकी छिन । शिक्षा सुधारको नाममा एउटालाई पेलेर अरूलाई काखी च्याप्ने काम उपमहानगरका मेयर हेमकर्ण पौडेल आफैले गरिरहेको आरोप लगाएकी छिन । बुधवार इटहरी उपमहानगरले वृहत् शैक्षिक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको थियो । आगामी शैक्षिक सत्र २०८१ देखि लागु हुने गरी विभिन्न योजना ल्याए पनि उक्त योजना कार्यान्वयन हुने या नहुने अन्याैल देखिएको छ ।

बृहत् शैक्षिक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै इटहरीका नगर प्रमुख तथा शिक्षा समितिका संयोजक हेमकर्ण पौडेलले शैक्षिक गुणस्तर सुधारका लागि २७ बुँदे सङ्कल्प पत्र प्रस्तुत गरिरहँदा उपमेयर चौधरीले भने विरोध गरेकी थिइन । मेयरले जारी गरेको सङ्कल्प पत्रबारे कसैलाई जानकारी नभएको र कार्यपालिकामा समेत थाहा नभएको उपमेयर चौधरीले बताइन । 

उनले सामुदायिक विद्यालयहरूमा वितरण हुने खाजा प्रणाली पनि ठिक नभएको उल्लेख गरिन साथै आफूलाई सो विषयको विज्ञ बनाएर संयोजक तोकेको प्रति पनि विरोध जनाइन । साथै आफूलाई थाह नै नभएको विद्यालय खाजा कार्यक्रमको संयोजकबाट हटेको पनि जानकारी गराइन ।

 प्याव्सन तथा एनप्याव्सनका आबद्ध पदाधिकारी तथा निजी विद्यालयका प्रतिनिधिहरू उपस्थिति थिएन । मेयर हेमकर्ण पौडेलले ल्याएको योजना कार्यान्वयन नगर्ने र नगरबाटै भएका निर्णय सुधारको माग गर्दै निजी विद्यालय , कलेजका शिक्षकहरूले बेग्लै बैठक बसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित