इटहरीमा निजी स्कुल आफैले किताव कपि बेचे कारवाही गरिने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Itahari-nagar_hyCoH1VxOV_cl0ld2pzgkjtd9bh8vmhcmh3xcsl48hdpaeffcdhzrwv8qhhdjqwk2qhp5wc_oBEj7b2a0f_n7sbrhp4rs2mlrdwiazmmx0rxpk557gjkt4xxnedivyj5pu2wvw83omfus1p_Br3bFDAMrr_0xohiljxbendrhb4u3gkrtkwhq6qw0advduilnqfnv0boze0q8pfh9lwhl0a_hbEPMnFYyY_inaao8wrrqdbn7bkfrzjkpkb1plnat7r6u5xb7djiudnd7xdxktbwivpvmnm_Lv8YN41DHf_rdslsj3osf4kedrbfrukgc4pprk9kwn3gkj7pqctigrcas0jljvkplejjdzu_9XXjqNboq5_5x20ngvkardxog3bypeggwy8oooonksaggvtxlq7c9wa4wblp4bgjfsw4agk_mBVFb0LuIE_hlf9o9jwoh88tiecej0gfpat54qcfen4n3iw88ya43brhz7mgis62ijm3qro_k3lDOVoQ3k_ggtipa1xvbxw5tcoftdwstbzu3jmtcoji47mavxnm7ckvjmnrhr2pnseap14.jpg)
इटहरी / इटहरी उपमहानगरपालिकाले आफ्नो कार्यक्षेत्रको शैक्षिक गुणस्तर अभिबृद्धी गर्ने आफ्नो योजनालाई सफल बनाउन बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आगामी शैक्षिक सत्रदेखी शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्दै गुणस्तरीय,जीवनोपयोगी तथा प्राविधिक शिक्षामा जोड दिदै इटहरी उपमहानगरले इटहरीका सबै सामुदायिक तथा संस्थागत (नीजी) विद्यालयका प्रधानाध्यापक,विद्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक अभिभावक संघका अध्यक्षहरु सहित जनप्रतिनिधिहरुको बृहत अन्तरक्रिया सम्पन्न गरिएको हो ।
बृहत शैक्षिक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै इटहरीका नगर प्रमुख तथा शिक्षा समितिका संयोजक हेमकर्ण पौडेलले शौक्षिक गुणस्तर सुधारका लागि २७ बुँदे संकल्प पत्र समेत प्रस्तुत गरेका थिए । बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुको उद्देश्य र इटहरी उपमहानगरको शैक्षिक योजना सार्वजनिक गर्दै नगर प्रमुख पौडेलले आगामी शैक्षिक सत्र २०८१ देखि इटहरी उपमहानगर शिक्षा समितिले यस अघि गरेका सबै निर्णय अक्षरस कार्यान्वयन गर्ने दृढता समेत व्यक्त गरेका छन ।
मेयर पौडेलले शैक्षिक गुणस्तर उकास्न पहिले अभिभावक,विद्यार्थी र शिक्षकहरुको मनोविज्ञान उकास्नुपर्ने भएकाले सामुदायिक तथा नीजी विद्यालयहरुका विद्यार्थीहरुको पोशाक एउटै तोकिएको उल्लेख गरे, विद्यालयहरुले शिक्षण सिकाईका साथै गुणस्तरीय,जीवनोपयोगी तथा प्राविधिक शिक्षामा जोड दिनुपर्ने मेयर पौडेलको तर्क छ । सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण वृद्धि गर्दै सरकारी विद्यालयलाई नागरिकको भरोसाको केन्द्रको रुपमा विकास गर्न कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रम शुरु गरिएको भन्दै मेयर पौडेलले नागरिक स्तरको सल्लाह,सहयोग तथा समन्वयबाट मात्र शिक्षा सुधारका लागि गरिएका निर्णयले सार्थकता पाउने मेयर पौडेलको भनाई छ । शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्दै गुणस्तरीय,जीवनोपयोगी तथा प्राविधिक शिक्षामा अब इटहरी उपमहानगरले जोड दिने उल्लेख गर्दै मेयर पौडेलले दिगो विकास र समाज निर्माणको आधार नै शिक्षा भएकाले शिक्षा स्वास्थ्य आफ्नो पहिलो प्राथमिकता भएको उल्लेख गरे ।
मेयर पौडेलले सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरु बीच अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिई व्यवहारिक,जिवनोपयोगी र प्राविधिक शिक्षामा फड्को मार्न सकिने उल्लेख गर्दै आगामी दिनहरुमा समेत शैक्षिक गुणस्तर अभिवृद्धिका लागि स्थानीय सरकारले कुनै कसर बाकी नराख्ने उद्घोष गरे । एउटै विद्यालय पोशाक, शुल्क निर्धारण, जनप्रतिनिधि तथा कर्मचारीका सन्तानहरुलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने , कुनै पनि विद्यालयले पाठ्यपुस्तक तथा पाठ्यसामाग्री आफैले बेच्न नपाउने जस्ता बहुचर्चित विषय कार्यान्वयन गरेरै छोड्ने अडान मेयर पौडेलको छ । कुनै पनि नयाँ निर्णय कार्यान्वयन तथा रुपान्तरण त्यति सजिलो विषय नभएको भन्दै मेयर पौडेलले शिक्षा सुधारका लागि गरिएका निर्णय कार्यान्वयन नगर्नेलाई कारबाही गर्न आफु पछि नपर्ने बताएका छन ।
![इटहरीका समालोचक डा. रामजी तिम्सिना बेपत्ता : भेटियाे ‘जलसमाधि लिदैँछु, अलबिदा’ लेखेकाे पत्र](https://snowberry.prixacdn.net/media/gallery_folder/RAmji_timsina_NakqPWGGau_n11co2cxaclmcfsjuzk2r6eznbz74cfkve4ueqepqbxbaohso3ep0r6zrpxv_w9tPVHWDll_qiwmfcunwvtekghd8pgwyl6e6u6vzxif5uexcbnoxos3cnk9fck3m1lxhuju.jpg)
इटहरीका समालोचक डा. रामजी तिम्सिना बेपत्ता : भेटियाे ‘जलसमाधि लिदैँछु, अलब…
![इटहरी उपमहानगरको ‘उज्यालो इटहरी ’ अभियान सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Itahari-nagar_hyCoH1VxOV_cl0ld2pzgkjtd9bh8vmhcmh3xcsl48hdpaeffcdhzrwv8qhhdjqwk2qhp5wc_oBEj7b2a0f_n7sbrhp4rs2mlrdwiazmmx0rxpk557gjkt4xxnedivyj5pu2wvw83omfus1p_Br3bFDAMrr_0xohiljxbendrhb4u3gkrtkwhq6qw0advduilnqfnv0boze0q8pfh9lwhl0a_hbEPMnFYyY_inaao8wrrqdbn7bkfrzjkpkb1plnat7r6u5xb7djiudnd7xdxktbwivpvmnm_Lv8YN41DHf_rdslsj3osf4kedrbfrukgc4pprk9kwn3gkj7pqctigrcas0jljvkplejjdzu_9XXjqNboq5_5x20ngvkardxog3bypeggwy8oooonksaggvtxlq7c9wa4wblp4bgjfsw4agk_mBVFb0LuIE_hlf9o9jwoh88tiecej0gfpat54qcfen4n3iw88ya43brhz7mgis62ijm3qro_hKGWVCtNFw_kurvjg82rem70k5tdpczyjhmmg0uy2xuxhehkupnn0htmwxgx7m6uasylozr_jYJlDQSMNq_ur3o1abm1suv8qhthhkpycgmttxlelbmadnuvo3kiiysxhrloessdhflfcda_lFbLWVm7wj_hw14ngxve6ipwernxx7izfgydidybqf3u7gxojicr8gph1kupqpgecluffvr_26uPQuBihQ_yp1z8launyv85kpoto2aic4newirii7njkdckpypupkjmbm9loyqdrlbmqla_II7ZSeAIdL_l2jgx7y9ylgtfnycdsis2qslaifb58mvjkpdkyqlr5peze0pm03ccoifzy9q_dNU6V9HoNO_pqpxhrl7ztu6ugrez04b0ibexctylwsvmraey5foyzw2sy6lo5adlrraqtb1.jpg)
इटहरी उपमहानगरको ‘उज्यालो इटहरी ’ अभियान सुरु
इटहरीमा एमालेले गर्याे कार्यपालिका बैठक बाहिस्कार : उपभोक्ताले करौडौ भुक्तानी…
![इटहरीको खेती खोलाका दुई सय ४८ घर भत्किने : ५० वर्षको पानीको बहाब अध्ययन गर्दै उपमहानगर](https://snowberry.prixacdn.net/media/gallery_folder/khetikhola-1-750x375_XmhnK5bDel_muv22fisukjwnmjdoyjgrec4upqft1gsyby2dyilvaqevvbo47kn6rjdntow_4VVH96WKFX_ia8gxgmnhvunwuyqvl4tekf6abbjj1oru0sppyui5ajgcdqozxanxunehxvv.jpg)
इटहरीको खेती खोलाका दुई सय ४८ घर भत्किने : ५० वर्षको पानीको बहाब अध्ययन गर्द…
![वडाध्यक्ष दिवश पाेख्रेलकाे दुइ वर्ष : मुख्य चाैककाे शाैन्दर्यता फेर्ने देखि ,ड्रेन निर्माण सम्म](https://snowberry.prixacdn.net/media/gallery_folder/dren_8lE2tuVc2S_pttevknddgl6plk1eczsujvbohvzmsfrmjuygl8dtowlcqlsefskity15zul_79jh2Q0gxX_hssfudqwuwsxeut3rkkrenwduivvyhaooxazlmthoxels0lqcvb2wqrnxfud.jpeg)
वडाध्यक्ष दिवश पाेख्रेलकाे दुइ वर्ष : मुख्य चाैककाे शाैन्दर्यता फेर्ने देखि ,ड्रे…
![बजारको फोहर नउठाएपछि नगरपालिकाको मूलगेटमा फोहर](https://snowberry.prixacdn.net/media/gallery_folder/fohor.png_2n0IYJiIh4_ljuz3u1cposmdhvadi9kz4kqofg8bedqi6zdfqlpvvq9ir7u0rlhluuwl9db_wKO7FRnIe5_d9yjyc6npnqfcuewqc9fd3ixch2mvpea6nzvcmgqcb0msnckcnoraqkyt49t.png)
बजारको फोहर नउठाएपछि नगरपालिकाको मूलगेटमा फोहर
![गाउँ गाउँमा सडक र सिचाई पुर्याउन काम गर्दै छु : अध्यक्ष तेजनारायण चौधरी](https://snowberry.prixacdn.net/media/gallery_folder/itahari16_gYvIy6pwqP_3zymxohur3ocdigerx8exr7ndvy0ocquiix3eu1ibnrfwiiysjfkhjhpxx33_iiEWNep37W_qfxi5d0sfva0qahyclifcvtemjtjqk7onxebtiq7u3xawhacmdv7lq5ic0am.jpg)
गाउँ गाउँमा सडक र सिचाई पुर्याउन काम गर्दै छु : अध्यक्ष तेजनारायण चौधरी
![अत्यधिक गर्मी बढेपछि इटहरीमा दुई दिन विद्यालय बन्द](https://snowberry.prixacdn.net/media/gallery_folder/iii_k7SUFLVvMO_41kkotufdmz9dnmnlsxy12bpw835s5jucjadxr5dulx7mpqfdehbhzfqol8v_dkcyf9ueKq_tl9l1g8xkrdxcq7pakvmfvclyp4kibc52khvqzu9dalmhuv6rgrai4zg3cru.jpg)
प्रतिक्रिया