नोबेल अस्पतालको शौचालयमा मृत अवस्थामा नवजात शिशु फेला

विराटनगर  / नोबेल शिक्षण अस्पतालको शौचालयमा मृत अवस्थामा नवजात शिशु फेला परेका छन् । आकस्मिक कक्षको महिला शौचालयमा सालनाल सहितको शिशु मंगलबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अन्दाजी ४ महिनाको जस्तो देखिने शिशु फेला परेको हो ।

अवैध यौन सम्पर्कबाट गर्भ बसेपछि जन्मिएको शिशुलाई शौचालयमा फ्यालिएको हुनसक्ने प्रहरीको अनुमान छ । पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको छ ।घटनाबारे अनुसन्धान भइरहको भन्दै प्रहरीले शिशु फाल्नेको खोजी पनि भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित