मान्छेकै कारण कोशीटप्पुमा घट्यो चराको संख्या
![](https://snowberry.prixacdn.net/media/gallery_folder/charaa_KABs5oPAeE_if0xsc2ii24xrpaogzzui2fcqijie7izvhrf6b4kfwneqauf6dinsrbn6qcn_p4haLgLpY7_fic01y0f5se7ybtmzfrz9aew2oyooz0dvqfcseh6vx3mkztgdclbaeu2odei.jpg)
इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको संख्या घटेको छ । चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका संख्या घटेको हो ।
मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ को संख्यामा चरा फेला परेको छ । गत वर्ष ५६ प्रजातिका सात हजार पाँच सय ७३ चरा रहेको तथ्याङ्क रहेको छ । बर्सेनि नयाँ–नयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि यस वर्षको गणनामा चराको प्रजाति र संख्यामा कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए ।
गत पुस २५ देखि २९ गतेसम्म पाँच दिन भएको चरा गणनाको विश्व सिमसार दिवसका अवसरमा तथ्याङ्क सार्वजनिक गरिएको हो । कोशीमा सबैभन्दा धेरै ८ सय ४८ को संख्यामा सिलसिले हाँस फेला परेका छन् । त्यसैगरी उच्च संख्यामा फेला परेका १० प्रजातिका चरामध्ये चखेवा पाँच सय छ, राज हुटिट्याउ चार सय ५५, जलेवा चार सय ४५, वस्तु बकुल्ला तीन सय ७६, सानो जलेवा तीन सय ७१, कर्रा सवारी दुई सय ५७, लामाऔँले दुई सय २२, आसकोटे बकुल्ला दुई सय १० र जलरङ्ग एक सय ८७ फेला परेका छन् ।
पानीमा आश्रित चरालाई सिमसार संरक्षणको अभाव हुनुका साथै आहाराको कमीले चराको संख्या घटेको हुनसक्ने कोशी पक्षी समाजका अध्यक्ष चक्र तिम्सिना बताउँछन् । ‘मानव बस्ती र मानवीय व्यवहारले हैरानी खेप्नु नै मुख्यरूपमा पर्यटक चरा आउन ह्रास भएको हुनसक्छ ।’ उनका अनुसार रसिया, साइबेरियालगायतका मुलुकबाट जाडो छल्न आउने पर्यटक चरा खेल्ने सिमसारमा मोटरबोट सञ्चालनमा आउनाले पनि चराको संख्यामा कमी आएको बताउँछन् ।
कोरोनाले विश्व आक्रान्त बनेको समय सन् २०१९ को गणनामा कोशीमा चराको संख्या अत्याधिक बढेर नौ हजार दुई सय ८९ पगेको थियो । यस समयमा मनाव चहलपहल कम हुनाले सिमसार खोलानालामा चराको संख्या बढेको हुनसक्ने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए । असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने गर्दछन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानी जस्तै बनेको छ । करिब पचास प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान र श्रीलङ्कातिर जान्छन् ।
जाडो छल्न नेपाल आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्दछन् । यसरी जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् भने अन्य प्रजातिमा सिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् ।
दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रिष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहन्छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषिभूमि हुन् ।
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_P8NiVr3TkZ_ifxvau6jcizkdm2wopgpc77fy2vtbex3ia0sp9vi4ij0qo2wbxxurdtk0n4l.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_34LLLFx8On_ckj31nuguyd7nanqfqaim1jbm7iolyilgaifggkiqwwmh0dcjcphpzaszwlz.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_gqXMPojHon_4dflodmkskwcn2ljhwq817dndzdbj9oedu0gavoojeeqsvuvsnbp6pqci5gu.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_TEad3cgMKV_byru9uxzt1yeog9hhudr6pwe9h6ol0v66lt4x6v8pum9v8n3cy2iytmhunnp.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_VtUalYmVE1_u2cj31few7clsnljv7xppo65ufqg9hkmhroqiyojzivnoibdyf8qv6y6sj1j.jpg)
बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान
![इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/hotel_CFdupDY07y_cp81fxhkt03gfwgwb16olnddxbro0pryjudhj4z5mqahmhrfso0vusxo2dgz_qVcwFy2EgY_8ohla4pxewqdvr8tg0hb41wfa6opmrt01e2cfonqe3eiym26c1elehih3exp.jpg)
इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए
![स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी](https://snowberry.prixacdn.net/media/gallery_folder/police%2520post-khotang_xpcZfKePNx_f70etkj9irdsdaybxvtiajmheklokqhnq9eyb2fcnxfntnk39iyccutqgy91_4HYrOOHHd8_9csfja1heyshdvsz0chkdjemdqxa7kuhxvspde7ohh5d9qxhnc5iewcuz0ng.jpg)
स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी
![आजकाे माैसम : काेशी सहित ४ प्रदेशमा दिउसाे हल्का वर्षा , अन्य प्रदेशमा कस्ताे छ अवस्था ?](https://snowberry.prixacdn.net/media/gallery_folder/rai_iQy1SisSFI_hf2ql3fvh028ur0gn3byhrqm16ajxaytbi97gkah9g6smxzp0zujrkijziov_vX88wDYGtO_einxl7um54wfeskfi5etyell6njfgh1bwcds4losor6pkhzpfz2hqqpyzwdl.jpg)
प्रतिक्रिया