इटहरीबाट खैरो हेरोईन सहित १ जना पक्राउ

सुन्दरहरैचा । सुनसरीको ईटहरी उप-महानगरपालिका-२ बाट खैरो हेरोईन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईटहरी-२ मा रहेको एक ट्याटुहाउसबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोईन बेचबिखन हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो ट्याटुहाउस संचालक स्थानीय २५ बर्षीय मनिष लिम्बुलाई पक्राउ गरेको हो ।

लिम्बुले संचालन गरेको ट्याटुहाउसबाट प्रहरीले १.६८ ग्राम लागुऔषध खैरो हेरोईन, नगद २ हजार ३ सय रुपैयाँ र २ थान मोवायल समेत बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय ईटहरीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित