बिहे गर्न नमान्दा ३८ वर्षीय धिरेनले गरेका थिए १५ वर्षीया ज्ञानमतिको विभत्स हत्या

इटहरी । मोरङको पथरीशनिश्चरे–७ मा सोमबार राति प्रेमीले १५ वर्षीया किरोशीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा प्रहरीले मोरङ ग्रामथानका ३८ वर्षीय धिरेन खाँ चौधरीलाई पक्राउ गरेकोमा उनले अपराध स्वीकार गरेका छन् ।

आरोपी आफूभन्दा दोब्बर भन्दा धेरै उमेर कान्छी किशोरीसँग डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अहिले मोरङ ग्रामथान गाउँपालिकामा बस्दै आएका आरोपी बाराको जितपुर सिमरा उपमहानगरपालिकाका स्थायी वासिन्दा हुन् । हत्यापछि फरार उनलाई बेलबारीस्थित भाउन्नेको जङ्गलबाट सोमबार राति २ बजे पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए ।

विवाहित चौधरीकी पत्नी चार वर्षदेखि वैदेशिक रोजगारीमा बाहिर रहेकी छन् । सामाजिक सञ्जालमार्फत चौधरीको ज्ञानमतिसँग चिनजान भएको प्रहरी अनुसन्धानले देखाएको छ । पक्राउ परेका चौधरीको १४ वर्षका छोरा छन् । स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत ज्ञानमति मामाका छोरा विनोद राईको घरमा बसेर पढिरहेकी थिइन् । सोमबार राति घरकै शौचालय जाने क्रममा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो । उनको घटनास्थलमै ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित