मोरङ किशोरी हत्या : भुपू प्रहरी चौधरी पक्राउ, भारत छिराउने प्रयासमा समातिएका थिए पहिला पनि

इटहरी । मोरङको पथरीशनिश्चरे–७ स्थित लामाटोलीमा सोमबार राति १५ बर्षीया किशोरी हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राति करिव १० बजे सञ्जना भन्ने १५ बर्षीया ज्ञानमति थुलुङ राईको धारिलो हतियारले घाँटी र पाता, पातामा प्रहार गरी विभत्स हत्या गरेका थिए । राई शौचालय गएको मौका पारेर खुकुरी प्रहार गरेर अभियुक्त फरार भएका थिए ।

खुकुरी प्रहारबाट किशोरीको गर्धनको आधा भागसम्म काटिनुको साथै दाहिने, देव्रे पाता र अनुहार गरी चार वटा ठूलाठूला चोट हुने गरी खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट किशोरीको गालाको भागहरु र कपाल छिनेर भुँईमा खसेको अवस्थामा भेटिएको थियो । ज्ञानमतिको शव पोष्टमार्टमको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । खोटाङबाट परिवार आएपछि पोष्टमार्टम गरिने बताइएको छ । जेठीपटीको दाजु सोमकुमार राई भने हिजै आएका छन् ।

प्रहरीले मोरङ ग्रामथान—४ का ३८ बर्षीय धिरेन्द्र चौधरीलाई पक्राउ गरेको छ । किशोरीको विभत्स हत्या भएपछि जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख एसपी नवीन कार्कीको टोली राति नै घटनास्थल पुगेर विहान ३ बजेसम्म अनुसन्धानमा खटिएका थिए ।ज्ञानमति राई खोटाङ ऐसेलुखर्क—६ सल्लेकी हुन् । बाबुको मृत्युपछि मामाकी छोरी र पछि छोराको घरमा बसेर कक्षा ७ मा पढ्दै थिइन् । मामाको छोरा बिनोद राईको घर, दोकानमा सघाउँदै पथरीको पञ्चायत माविमा अध्ययन गर्दै आएकी थिइन् ।

प्रहरी नियन्त्रणमा रहेका धीरेन्द्र चौधरी भुपू प्रहरी समेत रहेको बुझिएको छ । चौधरीले गत असारमा ज्ञानमति राईलाई बिहे गरेको भन्दै भारत छिराउने क्रममा जोगवनीबाट माइती नेपालले पक्रेको थियो । गत असार १३ गते चौधरी र राईलाई नाकामा पक्रेर आफन्तलाई जिम्मा लगाएका थिए । ज्ञानमतिसँग मोबाइल फोन नभए पनि आफन्तहरुको नम्बर पत्ता लगाएर फोन गर्दै कुरा गर्न खोज्ने, बोलाइ माग्ने गर्दै आएका थिए ।

ज्ञानमतिको फोटोहरु राखेर फेसबुक आइडी पनि चौधरीले खोलेर चलाउने गरेको पीडित परिवारले जनाएको छ । ज्ञानमति जोगवनीबाट फर्काएपछि धीरेन्द्र चौधरीले आफूलाई मगर र विवाह नभएको भनेर ढाँटेको बताएका थिए । यद्यपि चौधरी श्रीमती छोराछोरीको बाउ हुन् ।

घट्ना क्रमसँगै ज्ञानमतिको हत्यापछि प्रहरीको अनुसन्धान चौधरीतिर केन्द्रित भएको थियो । घटना नजिकै खुकुरीको दाप फेला पर्नुको साथै शंकास्पद व्यक्तिको खुट्टाको पाइलाहरु सुरक्षित गरेर अनुसन्धान गरेका थिए । घटना भएको केहीबेरमै इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख इन्स्पेक्टर सुशील पाण्डे, सशस्त्रलगायत प्रहरी टोली घटनास्थल पुगेर कुकुर समेत लगाएर अनुसन्धान सुरु गरेका थिए । पक्राउ परेका चौधरीले घटना स्वीकार गरेको समेत प्रहरीले श्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित