हेलिकप्टर चढेर रुकुम पुगेका पल शाहलाई हेर्न उर्लीयाे दर्शकको भीड

रूकुम । अभिनेता पल शाहले रुकुमपश्चिममा आयोजना भइरहेको ‘रुकुम पश्चिम कृषि, व्यापार तथा सांस्कृतिक महोत्सव’ बिहीबार प्रस्तुति दिएका छन्। रुकुम उद्योग वाणिज्य संघको आयोजना र कला संस्कृति, पर्यटन प्रवर्द्धन मञ्चको सहआयोजनामा मुसिकोट नगरपालिका–१ खलंगाको बराहटाकुरामा सञ्चालन भइरहेको महोत्सवमा पलको प्रस्तुति हेर्न ठूलो भीड लागेको थियो। 

आयोजकका अनुसार नायक पल हेलिकोप्टर चार्टर गएर कार्यक्रमस्थल पुगेका थिए। पलले आफू हेलिकप्टरमा रुकुम जाँदै गरेको भिडओ आफ्नो फेसबुकमा राखेका छन्। पल शाहलाई हेर्न ५ हजारभन्दा बढी दर्शक आएको आयोजकको दाबी छ। पलले आफू अभिनित फिल्मका गीतमा नृत्य गरेका थिए। यही फागुन १८ देखि सञ्चालित महोत्सव फागुन २८ गतेसम्म सञ्चालन हुने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित