एक महिने हेयर कटिङ तालिमको समापन तथा प्रमाणपत्र वितरण

इटहरी । इटहरी उपमहानगर क्षेत्रमा सञ्चालित नाइ हरूको पेसालाई अझ बलियो र सशक्त बनाउने उद्देश्य सहित सञ्चालन गरिएको एक महिने हेयर कटिङ तालिमको सोमबार समापन गरिएको छ । एक महिने लामो तालिमबाट सहभागीहरूले आवश्कीय सिप सिकेको बताए ।

तालिममा कैँची कसरी चलाउने ,कपाल काट्दा आवश्यक पर्ने उपकरण र सञ्चालनको विधि , औजार कसरी भण्डारण गर्ने जस्ता उपयोगी शिप प्रदान गरिएको तालिम आयोजक टिटाे हेयर कटिङका सञ्चालक शम्भु ठाकुरले बताए । तालिममा सहभागीहरूलाई कपाल काट्ने पेसाबाट हुने आम्दानीबारे पनि जानकारी गराइएको थियो ।

उमेर बढे सँगै पेसामा आबद्ध युवाहरू विदेश पलायन भइरहँदा नाइ पेसा नै सङ्कटमा परेको सहभागीहरूले बताए । युवा वर्गलाई बिदेसिनबाट राेक् र नाइ पेसाबाट पनि मनग्गे आम्दानी लिन सकिन्छ भन्ने अभिप्रायका साथ तालिम सञ्चालन गरिएको आयोजक कमिटीका अध्यक्ष तथा कार्यक्रम सभापति समेत रहेका शम्भु ठाकुरले बताए । कार्यक्रमका प्रमुख अतिथि इटहरी वडा नं ६ का वडाध्यक्ष दिवस पोख्रेलले युवा वर्गको जोस र जाँगर उनीहरूको सिकेको सिपमै लगाउनुपर्ने बताए ।

अहिलेका युवाहरू बिदेसिने क्रम बढिरहेको बेला ती बिदेसिएका युवाहरूमाझ नाइ पेसा अङ्गालेर बसेका पेसाकर्मीहरू गतिलो उदाहरण बनेको पनि उनले बताए । कार्यक्रममा सहभागी ३० जनालाई तालिम प्रमाणपत्र वितरण गरिएको थियो । इटहरी ६ मा रहेका सैलुन व्यवसायी युवाहरूलाई लक्षित गरी सो तालिम आयोजना गरिएको थियो । गत माघ २० गते देखि सञ्चालन तालिमको फागुन २१ गते समापन गरिएको थियो । तालिम इटहरी उपमहानगर ६ नं वडा कार्यालयको सहयोगमा सञ्चालन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित