माेरङमा सशस्त्र प्रहरीकाे व्यारेक भित्रै डिएसपी वस्याल झुन्डीएकाे अवस्थामा भेटीए

इटहरी ।  मोरङको धनपाल गाउँपालिका ३ स्थित सशस्त्र प्रहरी बलका डिएसपी उपेन्द्र बस्याल सोमबार मृत अवस्थामा फेला परेका छन् ।

धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख समेत रहेका डिएसपी बस्याल आफ्नै क्वाटरमा झुन्डिएको अवस्थामा भेटिएका हुन ।

बस्यालको मृत्युको कारण खुलेको छैन । उनको परिवारलाई खबर गरिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले बताए ।

प्रतिक्रिया

सम्बन्धित