गण्डकी प्रदेशमा दिपक मनाङ्गे निर्णायक, फेरि मन्त्री बन्न सक्ने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/dipak-manange_1Q7RVdqL8C_nn6v9ia40ztcwly8frqpbq4mquiyb4rw8ydwmsambkiq7appkhtvqgc3oa69_yCT2KdMFx0_g2hvbom0sqpl2vfw4iae3votyj2amv72awi4n5ex9cm9e5lslnyjjotc42na.jpg)
काठमाडौं / सत्तारुढ गठबन्धनमा फुटसँगै नयाँ गठबन्धन बन्ने भएपछि यो राजनीतिक घटनाक्रमले गण्डकी प्रदेशका सांसद राजिव गुरुङ अर्थात दिपक मनाङ्गेको महत्व एकाएक बढाइदिएको छ ।
नयाँ राजनीतिक समीकरण बनेपछि अब केन्द्रसँगै प्रदेशमा पनि नयाँ सरकार गठन गर्ने सहमति गरिएको छ । र, यो सहमतिले मनाङ्गेलाई फेरि एकपटक मूल्यवान सांसद बनाइदिएको छ ।
एमाले, माओवादी, रास्वपा र जसपा मिलेर नयाँ गठबन्धन बनाउने निर्णय भइसकेको छ । र, उनीहरुले यसमा नेकपा एकीकृत समाजवादीलाई पनि जोड्ने भएका छन् । मनाङ्गे गण्डकी प्रदेशमा एकीकृत समाजवादीका एक्ला सांसद हुन् ।
६० सदस्यीय गण्डकी प्रदेशमा एमालेसँग २२ र माओवादीसँग ८ गरी ३० सदस्य छन् । यहाँ उनीहरुलाई बहुमतका लागि केवल १ जना सांसदको समर्थन चाहिन्छ ।
गण्डकीमा कांग्रेसका २७ सांसद छन् । बाँकी २ जना सांसद राप्रपाका हुन् । राप्रपाले भर्खरै आन्दोलनका कार्यक्रम घोषणा गरिएको हुँदा सत्तामा नजाने भनेको छ । राप्रपा प्रवक्त मोहन श्रेष्ठले सोमबार नै सत्तामा जाने योजना नभएको बताइसकेको हुँदा यहाँ कांग्रेस र राप्रपा पतिपक्षमा रहने पक्का छ ।
यस्तो अवस्थामा माओवादी र एमालेका लागि सरकार गठनको बाटो खोलिदिने एकमात्र सांसद दिपक मनाङ्गे हुनेछन् । उनी एक्लैको निर्णयले सरकार बन्ने र ढल्ने अवस्था भएपछि उनले सरकारलाई समर्थन गरेको बदलामा मन्त्री माग्न सक्छन् र गठबन्धन पनि उनको माग पूरा गर्न बाध्य हुने देखिन्छ ।
मनाङ्गे यस पटक पहिलोचोटी मन्त्री बन्न लागेका होइनन् । उनी यसअघि पनि गण्डकी प्रदेशमा खेलकूदमन्त्री थिए ।
![दुर्घटनामा परेका प्रहरी जवान साैगात थापाकाे मृत्यु , छुट्टि लिएर धरान घर जाने तयारीमा थिए ,दुर्घटनामा परेर विलाए](https://snowberry.prixacdn.net/media/gallery_folder/saugat_Z5rxyeuGlt_vyqeavhvpkjt9cxlzontrk5ifbyg1rf2ktwwzrh1ycpizrryb06zlom6btch_Con4M9xNZt_1al2mjhl2k1idixnnqocplgift4pstd8tvamfdu2hggiumsaj5ivs5hvqbyl.jpg)
दुर्घटनामा परेका प्रहरी जवान साैगात थापाकाे मृत्यु , छुट्टि लिएर धरान घर जान…
![काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की](https://snowberry.prixacdn.net/media/gallery_folder/mm_cWM4CTDoQU_u8meukr56n6zdjx9nzueb8snufobcq0xgx8acpdxtsscgdciljgnjlbhuo4x_9KL3NmzdrW_ewvb6yclgcqjtb4rdmrd3hifkpbknw1hubvow1az9lxi4cfolagmtvyiryky.jpg)
काेशी सरकारले २०८२ लाई पर्यटन वर्षकाे रूपमा मनाउने : मुख्यमन्त्री कार्की
![चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/mausam_qpkhJJYT1p_nlmv73msyc1if5bsuledcztio6gsrswnftdednrwsuhzabvfhaumzgvpir1h_2ewkqRs2wo_psllzpquosztcoi5oyyevgxyzgipe6urbyavm3j8mftn5vhntaijs2p1tgbm_iUd4NngCT0_8zegayhf47e3whooejyvg5mogswvhmdjvvxdc3oi5z2l6bylam9wgfjehdff_BWNXa7WKk7_cmledj1ha99f8kkmnaszyjubtjsvtjpn0domjliocqs2tual3yndfpayilei.jpg)
चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_gC6BSmjm4R_n88exsiwzlepbn5mwubgyepwujndbhzfocaepcdw2nw2vz4tkivdqhd3drnm.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_qmcdapbOxu_6vsqmcs1fcapo8y32tnmo2kf9egvbkdpyzujhs3vwehbcxbjxpk5z4xhfnox.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_xiHT1YwwSz_xogqurhkhuutlozejr8ktlbg7qinlbt7kwxjztfm2wrwezclkil79hcen7vw.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_kp27q9g2M9_ws5g5yj9ncpurw5caioysj3lczjmhbhk5jyrrgfpyqzjybxluuavisau0jgg.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_JoeGFSFwGI_qf1za3zxqhmuyhskpenmfcadbfaw04t1p7l9icdopzhrfz16kkabila1l5qm.jpg)
प्रतिक्रिया