सेनिटरी प्याडमा पनि भ्रष्टाचार, तत्कालीन नगर प्रमुख, उपप्रमुख र पत्रिका सञ्चालकविरुद्ध मुद्दा

धनुषा । धनुषाको सहिदनगर नगरपालिकाका तत्कालीन नगर प्रमुख उदय कुमार यादव र तत्कालीन उपप्रमुख शिला देवी कापरसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।सेनिटरी प्याड खरिदका क्रममा भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगर प्रमुख, उपप्रमुख, लेखापाल र एक पत्रिकाका मालिकविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको हो।

अख्तियारले नगर प्रमुख र उपप्रमुखसहित, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शत्रुघ्‍न यादव, लेखापाल लोकबहादुर नेपाली, स्वास्थ्य संयोजक कपिलदेव अधिकारी, श्री माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक श्रीकृष्ण भिनवार, सव-इन्जिनीयर सरोज कुमार महतो र रेजा ट्रेडिङ्ग प्रालि धनुषाका प्रोपराइटर एवम् राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकाका प्रकाशक अकवर मन्सुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

नगर प्रमुख र उपप्रमुख यादवले अर्को भ्रष्टाचार मुद्दामा चार दिन अघि मात्रै सफाइ पाएका थिए। उक्त नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा सेनिटरी प्याड खरिद गर्दा सार्वजनिक खरिद ऐन नियमावलीको पालना नगरेको अख्तियारले जनाएको छ। त्यस्तै उनीहरूले उक्त सेनिटरी प्याड गुणस्तरयुक्त नकिनेको पनि अख्तियारको आरोप छ।अख्तियारले उक्त प्रकरणमा अनुसन्धान गर्दा आ.व. २०७७/७८ मा नगरपालिकाले सशर्त अनुदानतर्फको सेनिटरी प्याड खरिदको लागि २०७७ फागुन १९ मा रेजा ट्रेडिङ्ग प्रालिसँग खरिद सम्झौता गरेको थियो।

तर उक्त खरिद सम्झौताअघि नै २०७७ फागुन १३ मा भुक्तानी गरेको भेटिएको छ। त्यस्तै शिलबन्दी दरभाउपत्र आह्वानको सूचनामा सेनिटरी प्याडको आवश्यक संख्या नखुलेको तर सम्झौताअगावै र कहीँ कतै संख्या स्पष्ट नहुँदै रेजा ट्रेडिङ्ग प्रालिले स्यानिटरी प्याड आपूर्ति गरेको देखिएको अख्तियारले जनाएको छ।यस्तै, शिलबन्दी दरभाउपत्र आह्वानको सूचना प्रकाशित भएको भनिएको मिति २०७७ माघ २२ को राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकामा शहिदनगर नगरपालिकाको कुनै पनि सूचना प्रकाशित भएको नदेखिएको अख्तियारले जनाएको छ।

रेजा ट्रेडिङ्ग प्रालिका प्रोपराइटर एवम् राष्ट्रिय दैनिक रेजा टुडे पत्रिकाका प्रकाशकसँगको मिलेमतोमा खरिद कानुनी प्रावधानविपरीत झुट्टा विवरण एवम् सूचना तयार गरी गलत कागजातको आधारमा बदनियतपूर्ण ढंगले खरिद सम्झौता गरिएको अनुसन्धानका क्रममा खुलेको छ। उक्त कार्यमा १३ लाख ९३ हजार ६८७ रुपैयाँ भुक्तानी दिने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेको ठहरसहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल…

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता