भित्रबाट चुकुल लगाएर होस्टेलको कोठामा एक्लै बसेकी थिइन् शालिन

काठमाडाैं । गत शनिबार बिहान १० बजे चितवनको रत्ननगर नगरपालिका–१५ स्थित एकता शिशु निकेतन स्कुलको होस्टलमा बस्दै आएकी १४ वर्षीया शालिन पोखरेलको पोस्टमार्टम रिपोर्ट आइतबार आएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले दिएको उक्त रिपोर्टमा उनको बलात्कार नभएको पुष्टि गरेको छ। 

यससँगै पोस्टमार्ट रिपोर्ट शालिनको मृत्युको कारण ‘ह्याङ्गिङ’ भनेको छ। अर्थात् उनको मृत्यु झुन्डिएरै भएको निष्कर्ष पोस्टमार्टम रिपोर्टले दिएको छ।
प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार पोस्टमार्टम रिपोर्टअनुसार शालिनको मृत्युको कारण आत्महत्या नै रहेको टुंगो भएको छ। एक प्रहरी अधिकारीका अनुसार बिदाको दिन भएकाले शनिबार बिहान शालिन र उनीसँगै कोठामा बस्ने अर्की साथीले नुहाउने र लुगा धुने काम गरेका थिए।


दुवैजनाले नुहाएर, लुगासमेत धोइसकेपछि होस्टेलको ग्राउन्डमा झरेर खेलेका पनि थिए। पोस्टमार्टम रिपोर्ट भन्छ : शालिनको बलात्कार भएको देखिएन
‘शालिनसहित उनको कोठामा बस्ने साथीसहित अरुले पनि शनिबार बिहानै नुहाईधुवाई गरेका थिए। लुगासमेत धोइसकेर उनीहरूले ग्राउन्डमा खेलेका पनि थिए’, ती प्रहरी अधिकारीले भने, ‘ग्राउन्डमा खेलिसकेपछि शालिन आफ्नो कोठामा छीरेकी थिइन् भने उनकी साथी तल ग्राउन्डमै थिइन्।

 बिहान १० बजे खाना खाने समय भएपछि शालिनको खोजी गरिएको थियो। ग्राउन्डमा नदेखेपछि खाना बनाउनेमध्ये एकजना उनलाई खोज्दै कोठामा पुगेका सीसीटीभी फुटेजमा देख्न सकिन्छ।’खाना पकाउने ती व्यक्तिले भित्रबाट चुकुल लगाएको थाहा पाएपछि बाहिरबाट शालिनलाई खाना खानका लागि ढोकामा ढक्ढक्याएर बोलाएका ती प्रहरी अधिकारीले बताए। 

प्रतिक्रिया

सम्बन्धित