जातीय पहिरनमा चिटिक्क इटहरी अक्सब्रिजका विद्यार्थी (तस्विरहरू)

इटहरी । सुनसरीको इटहरी ६ स्थित अक्सब्रिज इन्टरनेश्नल मन्टेस्वाेरी स्कुलका विद्यार्थीहरू आइतबार जातीय पहिरन सहित सजिएर विद्यालय पुगेका छन् । प्राय कमै पाइने यस्ता पहिरनमा विद्यार्थीहरू आइतबार भने चिटिक्क देखिएका थिए । हराएको जातीय सांस्कृती र परम्परालाई जोगाउने उद्देश्य साथ स्कुलले नियमित बिद्यार्थीहरूलाई सो पहिरन बारे ज्ञानज्ञुनका शिक्षा दिँदै आएको छ ।

आइतबार पनि बिद्यार्थीहरूलाई जातीय पोसाक यसको महत्त्व र बिशेसताबारे दर्साउन बिद्यालयमा जात अनुसारको पहिरन लगाएर आउन आग्रह गरेको थियो । स्कुलमा विद्यार्थीहरूले क्षेत्री , बाहुन, मगर , थारु , धिमाल ,तामाङ ,तेली लगायतको समुदाय अङ्कित पहिरन लगाएर आएका थिए ।

जातीय पहिरनमा सजिएका विद्यार्थीहरूले आइतबार आ आफ्नो संस्कृतिबारे कलाहरू प्रस्तुत गरेका थिए । हराउँदै गएको जातीय सांस्कृती भेसभुसा र उनीहरूको महत्त्व बारे ज्ञान दिनकै लागि भए पनि हप्ताको एक दिन यस्ता पोसाक अनिवार्य गरिएको अक्सब्रिज इन्टरनेश्नल मन्टेस्वाेरीका प्रबन्ध निर्देशक तुलसी उप्रेती (टी. आर. सर्मा ) ले बताए ।

प्रतिक्रिया

सम्बन्धित