शिक्षण अस्पताल परिसरबाट पुण्य गौतम र युवराज सफल पक्राउ

इटहरी । आफूलाई सामाजिक अभियन्ता दावी गर्ने युवराज सफल र पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । त्रिवि शिक्षण अस्पतालको पोष्टमार्टम भवनअगाडि प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

चितवनकी १४ वर्षीया बालिका शालिन पोखरेलको मृत्यु प्रकरणमा पोष्टमार्टम रिपोर्ट आएपछि उनीहरू दुवैले शिक्षण अस्पताल पुगेर आन्दोलन गरेका थिए । आफूहरूसहित शालिनको पक्षमा उत्रिएका मानिसहरूलाई लिएर शिक्षण अस्पतालमा नाराबाजी गरेपछि दुवैलाई पक्राउ गरी महाराजगञ्ज वृत्तको हिरासतमा राखिएको छ ।

उनीहरूले भिडलाई प्रयोग गरेर घटनालाई अतिरञ्जित बनाउन खोजेपछि पक्राउ गरिएको काठमाडौं परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । यता पक्राउ परेका गौतमले शालिनको न्यायको लागि आवाज उठाउँदा धरपकड भएको बताएका छन् ।

आफूहरूलाई पक्राउ गरेर हिरासतमा लिएको भन्दै रिहाइका लागि पहल गरिदिन पनि गौतमले आग्रह गरेका छन् । गत शनिबार एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत भेटिएकी शालिनको पोस्टमार्टम रिपोर्टमा उनको बलात्कार नभएको उल्लेख छ । यता उनको परिवारले अस्पतालको पोष्टमार्टम रिपोर्टप्रति आपति जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल…

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता