कोसी सेन्ट जेम्स स्कुलकाे चरम लापर्वाही, एउटै बिद्यार्थीलाई २ पटक खोप

इटहरी / इटहरी उपमहानगरको स्वास्थ्य शाखा र निजी विद्यालयको गम्भीर लापर्वाही कारण एक बालक बिरामी परेका छन् । इटहरीस्थित कोसी सेन्ट जेम्स स्कुल र उपमहानगरको स्वास्थ्य शाखाको चरम लापर्वाही कारण एक विद्यार्थी बिरामी परेका हुन ।सरकारले १२ वर्ष मुनीका बच्चाहरूलाई दादुरा रूवेला विरुद्धको खोप अभियान चलाइरहेकै बेला इटहरी स्थित कोसी सेन्ट जेम्स स्कुलले एउटै लापर्वाही दाेहाेर्याएर खोप दिएपछि कक्षा ४ मा अध्ययनरत वर्ष ११ का अनमोल सुवेदी बिरामी भएका हुन् । सुवेदीलाई १८ गते र २० एउटै खोप दाेहाेर्याएर लगाइदिएपछि उनी बिरामी भएको अभिभावक रवीन्द्र सुवेदीले बताए । 

विद्यालयले खोप लगाएकाे विद्यार्थी र नलगाएकाे विद्यार्थी छुट्टाएर राख्नुपर्नेमा एउटै लाइनमा पारेको कारण आफ्नो बच्चा बिरामी बनेको अभिभावक सुवेदीले बताए । अहिले बालकलाई ज्वाेराे आउने , टाउँको दुख्ने , पाखुरा सुन्नीने , डाइरिया जस्ता लक्षण देखा परेको सुवेदीले बताए । विद्यालयको खोपको कार्ड बनाउँदा समेत लापर्वाही गरेको देखिएको छ । १८ गतेको कार्डमा नाम अनमोल सुवेदी वर्ष ८ तोकिएको छ भने २० गते पुन अर्को कार्डमा अनमोल खत्री वर्ष ११ तोकिएको छ । वालकको स्वास्थ्यकर्मी गम्भीर खेलवा गरेको भन्दै अभिभावक विद्यालय विरुद्ध कानुनी लडाइ लड्ने बताउँदै आएका छन् । 

यता कोसी सेन्ट जेम्स स्कुलका प्रधानाध्यापक रामकुमार कालाखेती सँग सम्पर्क गर्दा उनले काम गर्ने क्रममा कमी कमजोरी भएको तर यसमा विद्यालय भन्दा उपमहानगरको स्वास्थ्य टोलीको लापर्वाही देखिएको बताए । उनले १८ गते र २० गते गरी विद्यालयबाट करिब ९ सय विद्यार्थीहरूले दादुराविरूद्धकाे खोप लगाएको उल्लेख गर्दै एक जना विद्यार्थी दोहोरिए पछि मात्र अाफुले जानकारी पाएको बताए । बालक बिरामी परेको खबर पाएपछि आफुपनि स्वास्थ्य शाखामा निरन्तर कुराकानी गरिरहेको बताए । यता इटहरी उपमहानगरको स्वास्थ्य शाखा प्रमुख दिनेश चौधरी सँग सम्पर्क गर्न खोज्दा मोबाइल अफ रहेको कारण कुनै कुरा हुन पाएन । 

यता धरान स्थित बिपी प्रतिष्ठानका बाल रोग विशेषज्ञ अरुण कुमार सिंहले भने दादुरा विरुद्धको खोप दोहोरिएर लगाइदिनु विद्यालय र स्वास्थ्य टोली दुबैको लापर्वाही रहेको बताउँदै खोपले शारीरिक एवम् मानसिक रूपमा पनि कुनै असर नगर्ने बताए । उनले खोप २ पटक लगाउँदैमा त्यस्तो आत्तीहाल्नुपर्ने विषय नरहेको बताए । खोप लगाएपछि पाखुरा सुन्निनु र सामान्य ज्वाेराे आउनु स्वाभाविक रहेकोले भोलिका दिनमा त्यस्तो कुनै खतरा नहुने पनि उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित