भक्तपुरका गोपाल ढकाल हत्या प्रकरण : सन्तोष सुवालले मृतककी पत्नीसँग मागेका थिए २ लाख फिरौती

काठमाडाैं ।  यही फागुन ११ गते भक्तपुरमा भएको एउटा हत्याको घटनामा संलग्न भएको आरोपमा प्रहरीले भक्तपुरकै एक युवकलाई पक्राउ गरेर सार्वजनिक गरेको छ। तेह्रथुमको छथर गाउँपालिका- २ घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका- ८ सिपाडोलमा डेरा गरेर बस्ने ३३ वर्षीय ३३  गोपाल ढकालको हत्या भएको थियो। 

ढकालको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले भक्तपुरकै चाँगुनारायण नगरपालिका- ६ घर भएका २९ वर्षीय सन्तोष सुवाललाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।हत्यापछि फरार रहेका सुवाल शनिबार काभ्रेको मण्डन देउपुर नगरपालिका- ६ बाट पक्राउ परेका हुन्।  

प्रहरी उपरीक्षक रेग्मीकाअनुसार ढकाल यही फागुन १० गते हराएका थिए। ढकाल हराएपछि अपरिचित व्यक्तिले उनकी पत्नी रेनु ढकाललाई फोन गरेर ‘श्रीमान चाहिए सूर्यविनायक जंगलमा दुई लाख रुपैयाँ लिएर आउन’ भनेका थिए। आफ्नो मोवाइलमा त्यस्तो फोन आएपछि श्रीमती ढकालले प्रहरीलाई जानकारी गराएकी थिइन्।

 त्यसको भोलिपल्ट सूर्यबिनायक नगरपालिका- ८ स्थित रोधग्न बस्नेतको गोठमा ढकाले मृत फेला परेका थिए। ‘उक्त घटनापछि सुवाल फरार थिए,’ रेग्मीले भने, ‘खोजी गर्ने क्रममा उनलाई काभ्रेको देउपुरबाट मृतकको मोवाइलसहित पक्राउ गरेका हौँ, घटनाको सम्बन्धमा थप अनुसन्धान जारी छ।’ 

प्रतिक्रिया

सम्बन्धित

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल…

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता