मेचीनगरमा माेटरसाइकलले ठक्कर दिदा पैदलयात्री आमाको मृत्यु, ६ वर्षकी छोरी गम्भीर

झापा । झापाको मेचीनगरमा पैदल हिंडिरहेका बेला मोटरसाइकलले ठक्कर दिंदा एक महिलाको ज्यान गएको छ भने उनकी ५ वर्षीया छोरी गम्भिर घाइते भएकी छन् ।

प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट शनिबार बेलुका मेचीनगर–५ की ५५ वर्षीया देवीमाया विश्वकर्मा र उनकी छोरी ६ वर्षीया निशा सिकिस्त घाइते भएका थिए । मेचीनगर–५ को भित्री पक्की सडक खण्डमा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे–११प ५७६५ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेका उनीहरुलाई ठक्कर दिएको थियो ।

दुवैलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । उपचारको क्रममा देवीमायाको राति मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर अवस्थामा रहेकी उनकी छोरी निशाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित