साउदीमा कम्पनीको लापर्बाहीले झापाका राजुको मृत्यु, विरोधमा काम ठप्प
![](https://snowberry.prixacdn.net/media/gallery_folder/428502577_813159707508301_2066950978232810435_n_45URDczd81_y4b1qnducv9woreuflu2kclgu6amcl97qwg4lxx2oifqdtnt6paio0fmo1tx_oAtkQkRnOR_lu1lepjwooabdawpbhxitqnoquyuxaayvgv56uzklyasxadkfjtwrm2jczfd.jpg)
झापा / साउदीमा रोजगारदाता कम्पनीको लापर्बाहीले गर्दा झापाका राजु विश्वकर्माको मृत्यु भएको छ । करिब एक महिनादेखि बिरामी परेका विश्वकर्माको कम्पनीले समयमै उपचार नगर्दा मृत्यु भएको हो ।
साउदीको जेद्धामा रहेको साउदी एम्कोर कम्पनीमा पाँच महिनादेखि कार्यरत रहेका उनी बिरामी परेको र कम्पनीसँग उपचार गर्न आग्रह गर्दा अस्पताल जानु भनेको र अस्पताल जाँदा खाली प्यानाडोल र प्यारा सिटामोल मात्र दिने गरेको कारण उनको मृत्यु भएको सोही कम्पनीमा कार्यरत गोविन्द घिमिरेले बताए ।
‘ऊ एक महिनादेखि बिरामी परेको थियो, क्याम्पको बोसलाई भन्दा अस्पताल जानु भन्छ, अस्पताल जाँदा सिटामोल मात्र दिने गरेको थियो,’ घमिरेले राजधानीसँग भने, ‘त्यो भाइ बिरामी परेर दुब्लाउँदै गयो । हामीले पनि उसलाई नेपाल पठाउन आग्रह ग¥यौं । तर, कम्पनीले सुनेन, एचआरसँग हारगुहार गर्दा पनि ५ हजार साउदी रियाल फाइन दिए मात्र घर पठाउने भन्यो ।’
त्यसपछि उनको रोग पनि बढ्दै गयो र कम्पनीको चरम लापर्बाहीले गर्दा उनले संसार छाडे । कम्पनीको लापर्बाहीले उनको मृत्यु भएपछि त्यस कम्पनीमा कार्यरत ६ सयभन्दा बढी नेपालीले कम्पनीविरुद्ध आन्दोलन गरेर काम ठप्प परेका छन् । बिरामी हुँदा पनि कम्पनीले उपचार गर्न आनाकानी गरेको, कम्पनीको बासस्थान पनि राम्रो नभएको र पिउने पानी पनि पिउनयोग्य नरहेको कारण धेरै नेपाली कामदार बिरामी परेको भन्दै आन्दोलित भएका हुन् ।
‘अब हामीले यो कम्पनीमा काम गर्न सक्दैनौं किन कि यो कम्पनीले बिरामी पर्दा उपचार नै गर्दैन, अहिले घर फर्कने नेपालीको नामावली संकलन गरेर कम्पनी प्रशासनलाई बुझाउने तयारीमा छौं,’ उनले थपे ।
नेपालबाट आउँदा ८ घण्टा २६ दिनको काम गर्नुपर्ने भनेर सम्झौता गरिएको भए पनि यहाँ १२ घण्टासम्म काम लगाउने र यस कम्पनीमा कार्यरत प्रायः सबै नेपाली बिरामी परेको उनले बताए । अहिले उनीहरूले कम्पनीको एचआरसँग पनि कुराकानी गरिरहेको र एचआरले पनि केही समय पर्ख घर जानेजतिलाई पठाउने भनेको उनले बताए ।
नेपाली कामदारको मृत्यु भएपछि जेद्धामा रहेको नेपाली महावाणिज्य दूतावासले पानी कम्पनीको भिजिट गरेको छ । त्यस कम्पनीमा कार्यरत रहेका नेपालीहरूलाई जबसम्म यो ठाउँबाट बासस्थान सर्दैन तबसम्म काम नगर्नू भनेको उनीहरूले बताए । दूतावासले अहिले आन्दोलन नगर्नु भनेर कम्पनीसँग एउटा सम्झौता गरेर गएको र दुई हप्तासम्म पर्खिनु भनेको उनीहरूले बताए । त्यसपछि पनि आफूहरूको समस्या समाधान नभए आन्दोलन गर्न दूतावाससमक्ष भनेको उनीहरूले बताएका छन् ।
![कोरिया जाँदै हुनुहुन्छ या वा फर्कदै ? यी चार कुरा ध्यान दिनुहाेस](https://snowberry.prixacdn.net/media/gallery_folder/EPS-Korea20_sJV8he7rQk_liphw64zdhszz21dclclsuiymocaalkcqxenmspejkxt4yiyhzld9zd2ilkb_22JHiDyMaB_zhs15hanhpfduaejkbymwul69bedbeawdqfofbagpuesucxxzrlcado2zipv.jpg)
कोरिया जाँदै हुनुहुन्छ या वा फर्कदै ? यी चार कुरा ध्यान दिनुहाेस
![कोरियन भाषा परीक्षा आगामी असोज ८ देखि ११ गतेसम्म (सूचनासहित)](https://snowberry.prixacdn.net/media/gallery_folder/eps-korea_nglIwTbTw3_db121h4ydomk49bov5lzcj9agtrdfdkrlnima7vhayjvarru0cgbfiqrethp_3PWoJEETds_vfkvkhxutrlnmf4lntamtv6xx03t6iqiqjniyvg1ujpdrwhgwgmiregfiyoa.jpg)
कोरियन भाषा परीक्षा आगामी असोज ८ देखि ११ गतेसम्म (सूचनासहित)
![अमेरिकामा एक नेपाली भाषीको कुटेर हत्या, नेपाली भाषी नै पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/umesh-dahal_ePkCJAn9u5_YYWklUXJRQ_2g6yeb7v7vfnviozd0rp0iwjunt2tzxbvoiflkdo8k3ozkorjt4qxxnbftoo_BuvQMEUF1K_wspydgasv2aafglurgebo3h3xbemmcs44owps3ggjpfrwqrtx94bljc4c2mi.png)
अमेरिकामा एक नेपाली भाषीको कुटेर हत्या, नेपाली भाषी नै पक्राउ
![दुबइमा बसले ठक्कर दिंदा रुपन्देहीका युवा चापागाईको ज्यान गयो](https://snowberry.prixacdn.net/media/gallery_folder/tara-chapagian_ymKCsi3rav_lax9vjwfxfd7yv4hflwi5e6hjcg5lzgaqqhujpwzp8bbwibqjepfnk0xemwl_xsBEVkqfkE_xdrt1vykewtwd8yi4ytbrlhgwz0b9ckmiuvylspkz5wvsboxksfvbe8wifra.jpg)
दुबइमा बसले ठक्कर दिंदा रुपन्देहीका युवा चापागाईको ज्यान गयो
![कुवेतमा मृत्यु भएका अधिकांश भारतीय नागरिक](https://snowberry.prixacdn.net/media/gallery_folder/kuwait_54fp8fRfuU_cvjez1relfxctvs48a6xdwg47yhyvrtyqrpejpfh261krfu4xwf6igldqnjr_q040g3vZzb_epbiga1wpjqfpcmdm3znnflscpyqinkvupdiqr34kr7asl218hityuottlyq.jpg)
कुवेतमा मृत्यु भएका अधिकांश भारतीय नागरिक
![भिजिटर भिसालाई यथावत राखि बिद्यार्थी भिसा बन्द गर्दै अस्ट्रेलिया](https://snowberry.prixacdn.net/media/gallery_folder/australia_NgpBEh2ljN_qjlxm1vcacqghmxywroh1xncjrowfq6bv59f5mwhy0l6mc6xwf4hbpnrjm2c_EBzI77wJiL_rfkppshj46f1y62gtiumvoap9of4tq3znynwqo2fvgmb1pdijbzrdnszrebx.jpg)
भिजिटर भिसालाई यथावत राखि बिद्यार्थी भिसा बन्द गर्दै अस्ट्रेलिया
![कुवेतमा विदेशी कामदार बस्ने भवनमा भीषण आगलागी, ४१ जनाको मृत्यु, नेपाली पनि परेकाे आशंका](https://snowberry.prixacdn.net/media/gallery_folder/kuwait_DpvwHINzhf_4kefvthbtcvh5c5keioidzooccc3hambhvli8fkuwtkzaqwqqwdjzlvb7z8p_KpSu96eNym_domlfeirxxpja8ufcucxtquilwxzhkhaigrvgvswvb2v1702lc5uwyutn4qy.jpg)
कुवेतमा विदेशी कामदार बस्ने भवनमा भीषण आगलागी, ४१ जनाको मृत्यु, नेपाली पनि…
![कुवेतमा मालिककाे अत्याचार सहन नसकेर नेपाली चेलीले गरिन आत्महत्या](https://snowberry.prixacdn.net/media/gallery_folder/cheli_bvydZgkqG5_camgorn8usoz5ckqxi9fhtkp08nbkxayutgcmvyun1zhuf6j2edvlgwk4ydh_OAFZLFQpKe_bautn9kh4fcepvvf4ns5wxs55mkltd90scypto0heprq1fggo6plfzgwq65i.jpg)
प्रतिक्रिया