झापामा मोटरसाइकलको ठक्करले आमाको मृत्यु, छोरीको अवस्था गम्भीर

झापा / मोटरसाइकलको ठक्करबाट झापाको मेचीनगरमा एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । दुर्घटनामा उनकी छोरी सिकिस्त घाइते भएकी छन् ।

प्रहरीका अनुसार मोटरसाइकलको ठक्करबाट शनिबार बेलुका मेचीनगर–५ की ५५ वर्षीया देवीमाया विश्वकर्मा र उनकी छोरी ६ वर्षीया निशा सिकिस्त घाइते भएका थिए ।मेचीनगर–५ को भित्री पक्की सडकखण्डमा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे–११प ५७६५ नम्बरको मोटरसाइकलले पैदलयात्रा गरिरहेका उनीहरुलाई ठक्कर दिएको थियो ।

दुवैलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । उपचारको क्रममा देवीमायाको राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिकिस्त अवस्थामा रहेकी उनकी छोरी निशाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित