काँकरभिट्टा-लौकही चार लेन सडक : झापाबाट रूख कटानकाे काम सुरू, पहिलाे चरणमै ७ हजार बढी रूख काटिने

इटहरी । काँकरभिट्टा–लौकही सडक विस्तारका लागि रुख कटानको काम सुरु भएको छ । बिहीबार एक कार्यक्रमबीच रुख कटान कार्यको सुरुवात गरिएको हो ।

झापाको काकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको चार लेन सडक विस्तारका लागि सडकमा पर्ने रुख कटानको काम सुरु भएको छ । एसियाली मापदण्डमा निमार्ण गरिने सडकको झापामा पूर्व खण्डमा काकडभिट्टा–सितापुरी र पश्चिम खण्डमा सितापुरी–मावा खोला भनेर विभाजन गरेर काम भइरहेको छ ।

पूर्व खण्डमा पर्ने काकडभिट्टादेखि सितापुरीम्मका ४ हजार ७२३ वटा रुख काटिने झापाका डिभिजनल वन अधिकृत मेघराज राईले बताए । यो सडक एसियाली विकास बैंक र एसियाली इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकको ४६ अर्ब लागतमा निर्माण गरिने छ । झापा जिल्लामा याे सडक ५२ किलोमिट रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित