शालिन पोखरेल : १० वर्षदेखि बुबा–आमाको ममताबाट टाढिएकी थिइन् : बुबा कान्छी ल्याएर काठमाडौं पसे, पाकिस्तानीसँग बिहे गरेकी आमा विदेशमै हराइन्
![](https://snowberry.prixacdn.net/media/gallery_folder/s_XGDK8sVk5I_dtfismqtdv0oovo6jwjanmg6yhxdg0j2wyguvnagmornr54m9g7zqmyql119_hLo5ZeGvXn_b1raedtcginvlsapo571s0qxv5yofhfrxxegpvqsl3d7gzjltw7cslydqvxn.png)
काठमाडौं । फागुन १२ गते चितवन रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन् । निकेतनमा कक्षा ८ मा पढ्दै गरेकी शालिनको झुण्डिएको अवस्थामा होस्टेलमा शव फेला परेको थियो । यो घटनालाई लिएर अहिले उनले आत्महत्या गरेको नभएर हत्या भएको आशंका परिवारले गरिरहेका छन् । प्रहरीले यो घटनाको वस्तुनिष्ठ अनुसन्धान गर्ने बताइरहेको छ ।
शनिबार विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ, ‘घटनास्थलमा विशेषज्ञ टोली खटिएर मृतकको शवको सूक्ष्म अवलोकन गरी प्रारम्भिक चरणका कार्यहरू सम्पन्न गरी सो घटनाको गम्भीर अनुसन्धान भइरहेको छ ।’ चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले आफ्नो पेशागत मूल्य, मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान गरिरहेको छ, वैज्ञानिक प्रयोग र प्राविधिक विश्लेषण समेतका आधारमा तथ्यपरक वस्तुनिष्ठ अनुसन्धान गरिने छ ।’
अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरू आइनसकेकाले अनुसन्धान कार्यमा सहयोग गर्न पीडित परिवार तथा आम सरोकारवालासँग अनुरोध गरेका छन् । प्रारम्भिक अनुसन्धानमा १४ वर्षीया छात्रा होस्टलमा अन्य साथीहरूसहित बस्ने कोठाको सिलिङ पंखामा डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ लेखेकी थिइन् । त्यसमा ‘सरी ममी, सरी ड्याडी, सरी एभ्रिबडी’ लेखिएको छ ।
आत्महत्याको दोष उनले कसैलाई नदिई आफूले सबैलाई ‘खुशी’ राख्न नसकेको भाव ‘सुसाइड नोट’ मा देखिन्छ । उक्त नोटका आधारमा उनले आत्महत्या गरेको हो भन्ने प्रारम्भिक अनुमान हो । सुसाइड नोट विश्लेषण गर्दा उनी खुशी नहुनुमा उनको परिवार जिम्मेवार देखिन्छ । किनभने, उनका बुवा–आमा शालिन चार वर्षकी हुँदैदेखि उनीसँग छैनन् । यो १० वर्षमा शालिन ८ वर्ष मामाघर बसिन् । होस्टेल बस्न थालेको जम्मा दुई वर्ष हुँदै थियो । बाहिर आए जस्तो उनको बलात्कारपछि हत्या भएकोतर्फ अहिलेसम्म कुनै तथ्यले साथ दिएका छैनन् । ‘परिवारले यहाँ पोष्टमार्टम गर्न नमानेकाले शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेका छौं,’ भण्डारीले भने, ‘रिपोर्ट आएपछि थप तथ्यहरू खुल्ने छन् ।’
पोष्टमार्टमले मृत्यु के–कसरी भयो भन्ने यकिन गर्न मद्दत गर्दछ । त्यसमा अस्वाभाविक मृत्यु देखिए अनुसन्धानले अर्को मोड लिन्छ । यसैगरी, मृतकको भिसेरा (मुटु, कलेजो र फोक्सो) सहित शरीरको फरेन्सिक जाँच गरिएको छ । त्यसपछि शरीरमा कुनै चोटपटक, बलात्कार वा ज्यान मार्नेसम्मको घातक प्रयास भएको छ/छैन पत्ता लाग्छ । शालिन चार वर्षको उमेरदेखि रत्ननगर–१२ स्थित मावलीमा बस्दै आएकी थिइन् । उनी दुई वर्षदेखि मात्रै उक्त स्कुलको होस्टेलमा बस्दै आएकी थिइन् । उनका बुवा–आमाले १० वर्षअघि सम्बन्धविच्छेद गरेका थिए । उनकी आमाले पाकिस्तानी नागरिकसँग बिहे गरेर विदेशमै घरजम गरिरहेकी छिन् । उनका बुवा काठमाडौं बसुन्धरामा कान्छी श्रीमती साथ बसिरहेका छन् ।
‘उनीहरूले आवश्यक पर्दा बच्चालाई वार्डेनमार्फत फोन गर्थे भन्ने बुझिन्छ, होस्टलमा मोबाइल बोक्न दिइएको थिएन,’ भण्डारीले भने । शवको प्रारम्भिक विवरणअनुसार उनको गालानेर डाम छ । घाँटीमा डोरीको डाम छ । शरीरका अन्य भागमा प्रहरीले प्रारम्भिक अनुसन्धानमा कुनै बाहिरी चोटपटक भेटेको छैन । सुरूमा बलात्कार भएको नदेखिएकाले रिपोर्ट आएपछि नै सबै कुरा जानकारीमा ल्याइने प्रहरीले जनाएको छ । परिवारका सदस्यले शालिनको हत्या भएको दाबी गर्दै ज्यानसम्बन्धी कसुरमा तीन जनाविरूद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले प्रिन्सिपल ६० वर्षीय बालहरि देवकोटा, भाइस–प्रिन्सिपल ४० वर्षीय किरणबहादुर अधिकारी र ४८ वर्षीय वार्डेन कमल शर्मा पौडेल छन् ।
![मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी](https://snowberry.prixacdn.net/media/gallery_folder/yarsha_UB7go46cQT_i3ij1jargtjnxuoeagvl0tmqugfol81x349jirbsccalfvcieeluekkypc8x_JC4uOZOy3Y_lndoaiubxxzu23uyfulib8w7byyfgy5tblltdqdqrpcm2bgtx7vyc3iwznja.jpg)
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी
![राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस](https://snowberry.prixacdn.net/media/gallery_folder/naupa_M62kYiKcpz_cyxyems58qevat0thtscq0qkhypiawgqq4vx613bexgasbnrsrz2bp8xyyg6_O0O3fMDx6i_pvtrfhp8uttyeoo4pcm8663mlqsxruwgb7jmuipkw1fmlhsrmalhgaznhjkb.jpg)
राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस
![आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbajanik-bid_Jnj4IA9c6Q_v5vjp4lduhr2ehkcpgmpukdli7zcmtzicon4imwmmsycwema1qvnag3pzohz_vHe4glFC73_8twabqn6x3lknax5ef3eqc3ptgc7pdfczk6dfb8v5ar5njg5dcabx2bt7chw.jpg)
आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
![शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/sab-teachin_m0uHHMdcGa_tk60jubqhiprjq4ixhzbazvh1gq3if8ycoojieqoidq0sxwyy5hhktatyict_9WGkiXMMDg_cihzcwn3ag9bckaitazfau6sesawic3gwjdas7hwftlobcufrjiqvwniuwbh.jpg)
शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट
![बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक](https://snowberry.prixacdn.net/media/gallery_folder/Airport_A30nrFM2GN_0bshfyirovyhaqyvj072mseqg99yiflohyy9t4et13uzsgwjumtnjy1a4ndr_hxrpy3JYwe_f8fxzuzizlnmzkq3mr4eds4wexa9nzxieuu2zvwaoijskiobtox7vjp3iulz.jpeg)
बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_epQLoXHWdY_lmqrkj6usv3g1hnx2jtxizuz8hmo0dlchejwhukepojpheev4d92qott8bmq.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_VgWMd5Dcuq_twmqlhexwiwspqa6xglukryjvfsji2mnj08ajthc28n3gpvrardrotmipcrs.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल](https://snowberry.prixacdn.net/media/gallery_folder/Bishnu.jpg-2_2uWKYy3L4p_e9zuposx7efsv5kedq5b5k3yrwa8hulaikzu8qlr4c49wwjuy4y2of8whb6x_H8LXibDmas_geqscfgx0d3kqzftst60ebh8lbppf4wtkbvitsf56svh5vvydqsummrqxquh.jpg)
प्रतिक्रिया