नेदरल्याण्डसमाथि नेपालको शानदार जित
![](https://snowberry.prixacdn.net/media/gallery_folder/nepal.jpg-4_dyAhEzPYNp_w6pza8blm7gmn6k7pkjcwpcpooka4h7measo8i8brn2ia566pgnpenparvld_iC1o45mYMe_jiadfrlsjapkaolh5jjypvtmoihjqeery5vhciqs4tlvkenfasxmnrubrouu.jpg)
काठमाडौँ । नेपालले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ । जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपाल ले शनिबार टियु मैदानमा सम्पन्न खेलमा नेपालले नेदरल्याण्डसलाई ६ विकेटले पराजित गरेको हो । नेदरल्याण्डसले दिएको १२१ रनको लक्ष्य पछाएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
नेपालका लागि लागि कप्तान रोहित पौडेलले ४६ रन बनाए भने गुलशन झाले ३८ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तलेले १२ र आसिफ सेखले ८ रन बनाएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले १९.३ ओभरमा अल आउट हुदै १२० रन बनाएको थियो ।
नेदरल्याण्डसका लागि म्याक्स ओ दाउदले सर्बाधिक ३१ रन बनाए भने टिम भान डेर मार्वेले २४ रन बनाएका थिए । त्यस्तै रोएलोफ भान डेर मार्वेले २३ तथा कप्तान स्कट एडवार्डसले १८ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर प्रतिस जिसीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए । प्रतिसले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिएका हुन । त्यसैगरी करण केसी र कुशल मल्लले २-२ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए ।
योसँगै सिरिजमा नेपालले ४ खेलमा दोस्रो जित हासिल गर्दै ४ अंक हासिल गरेको छ । त्यस्तै नेदरल्याण्डसले ३ खेलमा ४ अंक हासिल गरेको छ । त्यस्तै नामिबियाले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । अब आइतबार हुने नामिबिया र नेदरल्याण्डसबीचको खेलपछि मात्र फाइनलमा पुग्ने २ देशको टुंगो लाग्ने भएको छ ।
![भारत महिला एशिया कपको फाइनलमा](https://snowberry.prixacdn.net/media/gallery_folder/India.jpg-20_3vhiAJf8uX_ye0l5iedtnmyy0lsgjbmjfdld4erkuw9s7migwsmetqhtpsaw8rypecqj1xu_Hmh39N4KPL_edmzgzyja0dbalmwcudmykrb4dgp3zxxk0v0pevazbpizq6cvtrjprifnxyo.jpg)
भारत महिला एशिया कपको फाइनलमा
![सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन](https://snowberry.prixacdn.net/media/gallery_folder/sandeep1-760x500_sjMT2QJaQ8_qzu9q0u141atqg3oxawcmx8v0vghqzbifa4f4r7swfrxp3xkmwmjnghf8lgb_Bto3HnTmh6_dsxhjr4hx9ztrmn4ceeewg9lj0l7twjy4xaz9gzqjypdqcp3hjzavnaoqcl7.jpg)
सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन
![पेरिस ओलम्पिकको उद्घाटन आज](https://snowberry.prixacdn.net/media/gallery_folder/images.jpeg-1_tXCQ6EMfDm_tsrnijceyilvrtg3fgrejeryachuszwsnowgzclpgcqthscshksmwakj7kpr_LTtk6GpwNT_xzgotuvopluaipfqys3jqbvj5cfesqn5kww9y6fipdtqnea0gr19xocez4yt.jpeg)
पेरिस ओलम्पिकको उद्घाटन आज
![सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित](https://snowberry.prixacdn.net/media/gallery_folder/sandeep-lamichhan_BkCJzTwqvp_3gsaaogxsmt5uozw7nixgc8cxynzsfrvn6mlfwdmin5k1izdydwjitsp80n9_FA0kfrwlc5_whbpbks07dyoygz14as2kb6ntbv93kdiwu9vmsuqwsrxbydnptz1cmt022zw.png)
सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित
![आइपिएल फ़्रेन्चाइजीहरुले मेघा अक्सनअघि राखे तीन माग](https://snowberry.prixacdn.net/media/gallery_folder/IPL-.jpg-1_fzZoyHrRc4_bhv0dvqcxukbngy0krnnmeldfqj65xd0wdwf5tqvwz5e3hwv9i2wryidc70r_EeqQt5is28_qv6le0dm9zfxzourpik2rwbby1l5pkyuzwzsxzw2nphbumwozfdohwgvga1j.jpg)
आइपिएल फ़्रेन्चाइजीहरुले मेघा अक्सनअघि राखे तीन माग
![पेरिस ओलम्पिकमा दर्शकले नियन्त्रण गुमाएपछि](https://snowberry.prixacdn.net/media/gallery_folder/Argentina_XTkl9IqavL_ar6c8tge47izpjgfwu2ghtjothayz3ixijdgftiana7tz6vlu5uetydnncgx_NRcGS41e5w_kcjhh8zly3rbpvanrcao3t3atimg8kxrejlwmn4bmqe4kmyzhjcooorqgwih.png)
पेरिस ओलम्पिकमा दर्शकले नियन्त्रण गुमाएपछि
![फुटबल खेलाडी तथा प्रशिक्षक खड्काको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/football_6wDnWTEKyO_8rcsjjdrszwtxgr1n85bch95arhjpqat94k03ska7jwhgqnv4hbfph1udu3q_zSFN9ONKtF_pz6p5znuyzcresuxqjqcwrn9uhz66sj0qz4fgkw8igniqaeua62jynyjg5ul.jpg)
फुटबल खेलाडी तथा प्रशिक्षक खड्काको निधन
![भारतसँग पराजयपछि कप्तान बर्मा- यसपटक धेरै सिक्ने अवसर पायौँ, टोलीको खेलमा गर्व छ](https://snowberry.prixacdn.net/media/gallery_folder/indu-barma_se0y88HyFs_0wenbd66u3t0ia0ig66uryciigzpyrufw21ji1ncdtiz9jb95lzessy10doi_dks8WsgOJ8_a8bpvktqsb4vdbxsgjykoty4enbmd6mjeqjwwh0qxexxw4eiroljvoyiockn.jpg)
प्रतिक्रिया