नेत्ररोग विशेषज्ञ डा. रुइतलाई गृह जिल्ला ताप्लेजुङमा अभिनन्दन

ताप्लेजुङ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङले प्रख्यात नेत्ररोग विशेषज्ञ डा.सन्दुक रुइतलाई नागरिक अभिनन्दन गरेको छ । आँखाको हेरचाह र मानवीय सेवामा विशेष योगदान पुर्‍याएको भन्दै उनलाई नागरिक अभिनन्दनसहित सम्मान गरेको हो । ताप्लेजुङमा जन्मिएका डा. रुइत नेपाल र नेपाल बाहिरका लाखौँ व्यक्तिको दृष्टि फर्काउने समर्पणका कारण प्रख्यात छन ।

जिल्लामा आयोजित तीन दिने निःशुल्क आँखा शिविरको समापन कार्यक्रममा शुक्रबार साँझ उनलाई अभिनन्दन गरिएको हो । मोतियाविन्दुको शल्यक्रिया क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका डा.रुइतले दुर्गम क्षेत्रमा पुगेर अन्धोपनबाट पीडित नागरिकको जीवनमा परिवर्तन ल्याइरहनुभएको छ । यहाँ आयोजित शिविरमा उनी नेतृत्वको टोलीले एक सय ५४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको थियो ।

कार्यक्रममा डा. रुइतले नेपाल नेत्र ज्योति सङ्घ तथा स्थानीय समुदायबाट आफूलाई प्रदान गरेको सम्मानपनप्रति आभार व्यक्त गरे । गृह जिल्लाका नागरिकको स्वास्थ्यका लागि आफूले सक्दो प्रयास गर्ने उनले प्रतिबद्धता जनाए।

प्रतिक्रिया

सम्बन्धित