उदयपुरमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १३ घाइते

उदयपुर । उदयपुरको कटारीमा जीप (बोलेरो) दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।७० वर्षीय वीरबहादुर तामाङ र ३३ वर्षीया लालकुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका नायब प्रहरी उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए।शुक्रबार साँझ कटारी बजारबाट थलियातर्फ गइरहेको ना १ ज ८३३३ नम्बरको जीप कटारी(७ मजेतपुरमा दुर्घटनामा परेको हो। ब्रेक फेल भई जीप डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ।


चौधरीका अनुसार विराटनगरस्थित नोबेल अस्पताल र कटारी अस्पतालमा घाइतेको उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित