आजको मौसमः चार प्रदेशमा छिटफुट बर्षा हुने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/mousam_Ugse9P2d6b_whplqlxaofeytqztxkrwymwazp9y4f7wdqkgnqrgjwdd5wsocccd0niuh6t3_AKeg0xcTM8_gmbo1c10cknrrbexaub7iv9761p4nzepb1cvotqpqcgqf7nqmff5mx7whkhy_PfbFxK3T69_fjabcccxlpid3jfakrajvxyeuhiz2fcie0dejkiyduaq95cgbq9fcbdbk3u2_RUGwRqjDua_nriugyhpjvsue34bg7lh8tntpafuzrcy88tol7vcqe605lf4pp3walleockx_wSDFWqU12b_s1dkylflnts4dhcyhaayizr35wtvaeta2rzgqcm2v7pefplfnezmsl7wwjrk_Opbz1omHlb_h97rtbyb2ldyinelm4ttxsqzr2r7i302kificw2xmwycanq03jkad5tiv5xh_dXhq1S50lN_kure5dlhkvyqjhwstrfyjhbfhjofu2bbpbm6vw2ygpbughewzlvooc3tati0.jpg)
काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली, बागमती प्रदेश तथा कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र देशका बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सहित गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम बर्षा, लुम्बिनी प्रदेश सहित गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको साथै कोशी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश सहित गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम बर्षा, लुम्बिनी प्रदेश सहित गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखले अनुरोध गरेकाे छ ।
![चीनबाट ६५ अर्बका सामान आयात हुँदा नेपालबाट करिब २ अर्बको निर्यात](https://snowberry.prixacdn.net/media/gallery_folder/rasuwagadi_dqJygGI8Bk_sj6xddosbgzr406ydegg4er6faw0yynpwioe1spfdveex7yvn7abrzsuqj66_bOFkAmQEtu_gzyeopv0xjgvw8eq4kfficlocucyrl5jxpuz96ywwhrihqn5beqdsrjdpzsf.jpg)
चीनबाट ६५ अर्बका सामान आयात हुँदा नेपालबाट करिब २ अर्बको निर्यात
![दूध दिउञ्जेल गोठमा, छाडेपछि सडकमा ?](https://snowberry.prixacdn.net/media/gallery_folder/cow_SOC0wtad0E_oikwqmycatbke8ezoenrt1ixoclqmrmvhf5ufwrsvyumg1spu4gf7mmkukag_Qmh7s5mhYt_0hkuihgmwvrhuegdtpxe01hxllq0jm4edsdizbksex4igovqwnhfqvnvdyvh.jpg)
दूध दिउञ्जेल गोठमा, छाडेपछि सडकमा ?
![मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी](https://snowberry.prixacdn.net/media/gallery_folder/yarsha_UB7go46cQT_i3ij1jargtjnxuoeagvl0tmqugfol81x349jirbsccalfvcieeluekkypc8x_vBSh68ofMf_amqsnwg3phfe9rnrliieo3bolrocyzgcko9lepgkswfttvoiybpwaoujabmw.jpg)
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी
![राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस](https://snowberry.prixacdn.net/media/gallery_folder/naupa_M62kYiKcpz_cyxyems58qevat0thtscq0qkhypiawgqq4vx613bexgasbnrsrz2bp8xyyg6_uzLzXNEZGv_t2orescd7zmjfvrb1v5l8vxexyyq3jqcmmoke9girofvopukm49urxzjumcy.jpg)
राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस
![आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbajanik-bid_Jnj4IA9c6Q_v5vjp4lduhr2ehkcpgmpukdli7zcmtzicon4imwmmsycwema1qvnag3pzohz_LMH1LXpF4k_usxj4oxqrgbcx8nwov0eqetp8xdhsyloaqkkslxoqzdhzinpemur1re9y1gb.jpg)
आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
![शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/sab-teachin_m0uHHMdcGa_tk60jubqhiprjq4ixhzbazvh1gq3if8ycoojieqoidq0sxwyy5hhktatyict_6LEjfoJfZF_jjkxy4d2x8l4lgelp8ep5valwufljejefffapbm5otcqkt8xo4kuet6bpemv.jpg)
शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट
![बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक](https://snowberry.prixacdn.net/media/gallery_folder/Airport_A30nrFM2GN_0bshfyirovyhaqyvj072mseqg99yiflohyy9t4et13uzsgwjumtnjy1a4ndr_DAOLTsio2r_4vkljvhyzjwhjw7x1rh10kmd1dv4abdbrpmj5j3tykd9a4vwveyyagi1ioby.jpeg)
बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_lvIQYuhTS7_2mj8m9bpdxzyxh8wzgexmmv2qe9e7mgftr2d9jzlcyae4epacelbf25myzbo.jpg)
प्रतिक्रिया