ऐलानी जग्गा व्यक्तिको नाममा पास गर्ने पर्साका तत्कालीन मालपोत अधिकृतसहित चारजना दोषी ठहर
![](https://snowberry.prixacdn.net/media/gallery_folder/bisesh_adalat_8FnXx0ZM4U_RvpX8Gxaku_tgozxqvfq2qt72mgnxga84otbftcazefskexbb7finy8jzbqbowtzcsefidx_O0NjN0Qqzo_yzjkoajcn8rnq1qjpb4faifcmxyhxucxesdbc3ve0lyoo8hdvh9wuguni0pm.jpg)
बिरगञ्जन । मालपोत कार्यालय पर्साका चार जना कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। गलत लिखत तयार गरी ऐलानी जग्गा व्यक्तिको नाममा पास गर्ने मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र नायब सुब्बा लेखनाथ भट्टराईसहित चारजना दोषी ठहर भएका छन्।
अर्याल र टराईसँगै वीरगञ्ज महानगरपालिका-२ बस्ने ज्यायुल हक र एसानुल हक राकी पनि दोषी ठहर भएका छन् । कानूनविपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यमा राष्ट्रसेवकलाई सहयोग गरी आफूहरुले फाइदा लिइ नेपाल सरकारलाई हानी पुर्याएको भन्दै ज्यायुल र एसानुल तथा दुवै कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले चारै जनालाई बुधबार दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारै जनाविरुद्ध गत वैशाख १९ गते विशेषमा मुद्दा दायर गराएको थियो।
पर्सा साविक अलौ गाविस वडा नम्बर ५ को कित्ता नम्बर ९२ को ऐलानी/सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिएर ऐलानी जग्गा कानुन विपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानुनी कार्यबाट सरकारलाई हानी पुर्याएको अभियोगमा उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।
![राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस](https://snowberry.prixacdn.net/media/gallery_folder/naupa_M62kYiKcpz_cyxyems58qevat0thtscq0qkhypiawgqq4vx613bexgasbnrsrz2bp8xyyg6_s55OamJ463_thnohj4fi2jsvy1wdr331hrotusmkc2x5r1uy8ua6sa0wqnkklrmwvhxmtvn.jpg)
राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस
![आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbajanik-bid_Jnj4IA9c6Q_v5vjp4lduhr2ehkcpgmpukdli7zcmtzicon4imwmmsycwema1qvnag3pzohz_3qorUgdBqK_9xkeyyun7mqa9jx8wz5qf3fkplojsagyykg3asxxjkiag4oywytw0rlaqtmy.jpg)
आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
![शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/sab-teachin_m0uHHMdcGa_tk60jubqhiprjq4ixhzbazvh1gq3if8ycoojieqoidq0sxwyy5hhktatyict_uBYzyZU4aD_xfjwcnyqjjpkp9t10ka2sa9zi7fnzacfqzhk8lto2spsifhmkzt22yfrjdgf.jpg)
शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट
![बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक](https://snowberry.prixacdn.net/media/gallery_folder/Airport_A30nrFM2GN_0bshfyirovyhaqyvj072mseqg99yiflohyy9t4et13uzsgwjumtnjy1a4ndr_hG3YNdIxh2_rd8dtpdt1tvawtd2vvwalrfciu3trktnfypmtt58hhukynofyjodh9btrbcf.jpeg)
बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_dayIHhNc7k_s1mjejb72w1hweh0aii0cdhwlxcld4py6bcbtkh8jzbap6xlqt6iqwk2nyzh.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_fZgHEsB7Yo_s4zgiuhy7bc1ecanyjs4fx4nep3di4mrmqzggicyfz260kkupvkidgvm1fgs.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल](https://snowberry.prixacdn.net/media/gallery_folder/Bishnu.jpg-2_2uWKYy3L4p_e9zuposx7efsv5kedq5b5k3yrwa8hulaikzu8qlr4c49wwjuy4y2of8whb6x_QGHpBxVMJY_wff9vx09qkrtsb8hgdjsjyz1ynf4qwdirfldqs6fbscyp1jlpi6kercvewwr.jpg)
मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …
![गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_1.jpg_sWFITUP4zs_nlw7mhpmfvcwwzawetswancmvnej9u8f7qfeqa6cnqdbszhphhjx2krabc0j_FEt4dn8u39_lqlkdpmjk2mlgh5b2t7n2iedqdt6kb8xzkwvjdijg7wakun7uroly3zvdrug.jpg)
प्रतिक्रिया