नमुना कलेजका विद्यार्थीहरूकाे ककटेल, मकटेल कला (तस्विरहरू)

इटहरी । इटहरीस्थित नमुना कलेजमा होटल म्यानेजमेण्ट(बिएचएम) मा अधयानरत विद्यार्थीहरूले मिक्सोलोजी प्रयाक्टिकल सेसन अन्तर्गत ककटेल, मकटेल  क्रार्यक्रम सम्पन्न भएको छ।  व्यवस्थापन संकायमा बीएचएममा अध्यनरत विद्यार्थीहरुले प्रयोगात्मक क्रियाकलाप अन्तरर्गत  विभिन्न प्रकारका कक्टेल, मकटेल बनाएर प्रस्तुत गरेका थिए। यस्ता सेसनले विद्यार्थीहरुलाई व्यावहारिक ज्ञान दिने र भविष्यमा पनि यस्ता प्रकारका कार्यक्रमहरू अायाेजनामा  गरिरहने कलेजको भनाइ छ।

२०५६ सालमा ४२ जना विद्यार्थीबाट शुरु भएको कलेजले हालसम्म हजारौं विद्यार्थी उत्पादन गरिसकेको छ । काेशी प्रदेशमै अब्बल यस कलेज प्रदेशकै ‘ब्राण्ड’ कलेजका रुपमा स्थापित हुँदै अघि बढिरहेको छ । ‘हाल अन्य कलेजहरुभन्दा विद्यार्थीको नतिजा, होटल म्यानेजमेण्टको लागि चाहिने भौतिक पूर्वाधार,  विषय शिक्षका हिसबले कलेज अब्बल रहेकाे छ ।’ अनुभवी प्राध्यापक, उत्कृष्ट व्यवस्थापन, सम्पूर्ण शैक्षिक पूर्वाधार नै नमुना कलेजको पहिचान हो । कलेजले सञ्चालनको छोटो अवधिमै शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको कलेजले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित