ग्रिनपिस एकेडेमीकाे अभिभावक भेला तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

इटहरी । सुनसरीको इटहरीस्थित ग्रिन पिस एकेडेमीले शुक्रवार विशेष अभिभावक भेला तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । अभिभावक सँग विद्यालयको सम्बन्ध अझ सुमधुर र प्रगाढ बनाउन यो कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।

सोही कार्यक्रममा   बिद्यार्थीहरूकाे मस्तिष्क विकाशमा अभिभावकले खेल्नुपर्ने भूमिकाबारे अभिमुखीकरण एवम् सहजिकरण गरिएको ग्रिन पिस एकेडेमी स्कुलका प्रिन्सिपल रुद्र गौतमले बताए । विशेष गरी साना उमेरका बालबालिकाहरूको पहिलो गुरु अभिभावक रहेकोले उनीहरूको व्यक्तित्व विकास र व्यवहारमा बदलाव ल्याउन अभिभावकहरूले नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने कार्यक्रममा बत्ताइएको थियो । कार्यक्रममा ५ सय भन्दा बढी अभिभावकहरूको उपस्थिति रहेको थियो । उपस्थित अभिभावकहरूलाई  मोटिभेटर प्रितम पौडेलले सहजिकरण गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित