होस्टलमै मृत्त भेटिएकी शालिनको ‘सुसाइड’ नोट फेला, पोष्टमार्टम रिपोर्ट आउन बाँकी

चितवन । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल मृत फेला परिन् । फागुन १२ गते कक्षा ८ मा पढ्ने १४ वर्षीया पोखरेल प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन् । उनीहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन् । अनुसन्धान अधिकृतहरुले शालिनले छाडेको सुसाइड नोट फेला पारेका छन् ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार नोटमा उनले लेखेकी छन्, ‘सरी एभ्रिबडी, सरी ममि ड्याड ।’ प्रहरीले सुसाइड नोटको फरेन्सिक जाँच गर्दैछ । गोरखाको अजिरकोट गाउँपालिका–५ मुच्चोक घर भएकी शालिन पछिल्लो समय चितवनको रत्ननगर नगरपालिका–१५ स्थित माधवपुरमा बस्थिन् । शालिन दुई वर्षदेखि सो होस्टलमा बसेर पढ्थिन् ।

बुवा र आमा सम्बन्ध विच्छेद गरेर उनकी आमा दुबई र बुवा काठमाडौँमा बस्छन् । पंखामा झुण्डिएको अवस्थामा प्रहरीले शव बरामद गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । उनको शव पोष्टमार्टम रिपोर्ट आएको छैन । अनुसन्धान अधिकृतहरु अहिले उनको शव पोष्टमार्टम रिपोर्ट पर्खिरहेका छन् । डीएसपी भण्डारी भन्छन्,‘पोष्टमार्टमको रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढाउँछौँ ।’

शालिनको हत्या भएको भन्दै संसद भवन अगाडि नेविसंघको प्रदर्शन चितवनमा बलात्कारपछि हत्या गरिएकी भनिएकी शालिन पोखरेललाई न्याय दिन माग गर्दै नेपाल विद्यार्थी संघले आज काठमाडौंमा प्रदर्शन गरेको छ । संसद भवन अगाडि बानेश्वरमा उनीहरूले दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा नेपाल प्रहरीले केही विद्यार्थी नेताहरुलाई पक्राउ समेत गरेको नेविसंघका केन्द्रीय सदस्य सुनिल शर्माले जानकारी दिए ।

उनका अनुसार कैलालीका वासुदेव न्यौपाने, भक्तपुरका विवेक लामिछाने, सोलुखुम्बुकी पूजा फुयाल, भक्तपुर बहुमुखी क्याम्पसका सुदीप ढुङ्गाना, मोहन कालाथोकी, पोखरा विश्वविद्यालयका सन्तोष आचार्य, मोहम्मद अफ्ताफ नेपालीलगायतलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई तत्काल रिहा गर्न नेविसंघले माग गरेको छ । शालिनका हत्यारा र बलात्कारीलाई तत्काल पक्राउ गरी कारबाही नगर्दासम्म नेविसंघले आन्दोलन थप चर्को बनाउँदै लैजाने नेवि संघका अर्का नेता सुभाष पौडेलले जानकारी दिए ।

नेविसंघले देशभरि नै प्रदर्शन गर्ने तयारी गरेको समेत उनको भनाइ छ । चितवनको रत्नगरमा रहेको एकता शिशु निकेतनमा अध्ययनरत १४ वर्षीया छात्रा शालिन पोखरेलको बलात्कारपछि हत्या गरिएको उनका आफन्तले दाबी गरेका छन् । घटनालाई दबाउने प्रयास नगर्न र पीडितलाई न्याय दिन नेविसंघले माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल…

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता