६५ लाख तिरेर अवैध बाटोबाट अमेरिका छिरेका वसन्त उतै अस्ताए, परिवारको थाप्लोमा ९० लाख ऋण

काठमाडौं । मानव तस्करको सहयोगमा अवैध रुपमा अमेरिका छिरेका सिस्ने गाउँपालिका– ३ पोखराका ३२ वर्षीय वसन्त शर्मा उतै अस्ताएका छन् । अमेरिका पुगेको एक वर्षपछि हिजो (बिहीबार) न्यूयोर्कको मोनमाउथ मेडिकल सेन्टर अस्पतालमा उनको निधन भएको छ ।

क्षय रोगबाट सिकिस्त भएका उनलाई अमेरिकाको अस्पतालले पनि बचाउन सकेन । एक वर्षअघि अमेरिका पुगेका उनी क्षयरोगको संक्रमणका कारण बिरामी परेपछि तीन महिनादेखि अस्पतालमा उपचाररत थिए । अमेरिका जानुअघि गाउँमै ज्याला मजदुरी गर्थे, बसन्त ।

८ वर्षअघि मात्र उनी साउदीमा तीन वर्ष बिताएर फर्किएका थिए । बेलाबखत भारत पनि जाउआउ गरिरहन्थे । २०७८ साल चैतमा घरबाट हिँडेका वसन्त आठ महिनापछि २०७९ पुसमा अमेरिका पुगेका थिए । उनकी श्रीमती उर्मिलाले करिब ९० लाख रुपैयाँ दलाललाई बुझाएर उता पुगेको जानकारी दिएकी छन् । अमेरिका पुगेको ११ महिनापछि अस्पताल भर्ना गरिएका वसन्तको अवस्था गम्भीर थियो ।

‘समयमै उपचार पाएको भए उनी बाँच्ने थिए कि ?’ साढु दाइ फरेन्द्र भन्छन्, ‘परदेशमा उपचार गरिदिने कोही नहुँदा उनको अकालमै ज्यान गयो ।’ बसन्तका घरमा श्रीमतीसहित, ९ र १३ वर्षकी छोरी छन् । आमा र दुई भाइ छन् । बसन्त वितेको खबरले परिवार विक्षिप्त बनेको छ । श्रीमान बितेको खबरले श्रीमती शर्मिला अर्धमुर्छित छिन् । परदेशमा छोरा वितेको खबरले आमाले आफूलाई सम्हाल्न सकेकी छैनन् । रुकुम पूर्व सिस्ने गाउँपालिका–३ का वडाध्यक्ष हेरम खड्काले बसन्तको मृत्युको खबरले परिवारसँगै गाउँ नै शोकमा डुबेको बताएका छन् । उनले आफ्नो वडाबाट २५० युवाहरु ‘तल्लो बाटो’ बाट अमेरिका गए पनि यो पहिलो घटना भएको जानकारी दिए । बसन्तको परिवार उनको मृत्युको खबरले पीडामा छँदैछ ।

त्यसमाथि उनलाई पठाउँदा लागेको ऋणको भारी परिवारको थाप्लोमा आइपरेको छ । वडाध्यक्ष खड्काले बसन्तले अमेरिका जाँदा लिएको ६५ लाख र ब्याज गरी ऋण ९० लाख पुगेको आफूले सुनेको बताए । ‘घरको आर्थिक स्थिति पहिल्यै कमजोर थियो । अहिले यस्तो घटना भयो’ उनले भने, ‘ऋण ९० लाख नाघिसक्यो भनेको सुनेको छु । घरका साना छोरी छन् । यस्तो पीडा कसैले भोग्न नपरोस् ।’

अवैध रुपमा विभिन्न देश हुँदै अमेरिका पुगेका वसन्तसँग त्यहाँ बस्न–रहनका लागि कुनै आधिकारिक कागजात नभएको उनका साथी लक्ष्मण शर्माले बताएका छन् । ‘वर्क पर्मिट, स्वास्थ्य बीमा आदि केही पनि थिएन । यसकारण सुरुमा त अस्पताल भर्ना गर्न पनि कठिन भयो,’ उनले भने, ‘पछि वसन्तको भाउजुले जिम्मेवारी लिएर अस्पताल भर्ना गरिएको थियो ।’ वसन्तसँगै अमेरिका पुगेका पोखराकै मिलन मगरले मेक्सिकोमा छँदा नै वसन्त निकै कमजोर भइसकेको जानकारी दिएका छन् । परिवारका अनुसार भेन्टिलेटरमा उपचार गरिरहेका वसन्तको उपचार खर्च एक दिनमा करिब ४ हजार डलर जति हुने गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल…

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता