लायन क्लबले भाइचार बढाउन पर्नेमा जाेड, अध्यक्षमा गुप्ता निर्बाचित

काठमाडौं / युवाहरुमा समाजसेवा र भाइचारा भावना जगाएर नेतृत्व र व्यक्तित्व विकास गर्नेगरी २० युवालाई समेटेर लायन्स क्लब अफ काठमाडौं एक्स्लेन्स टिमको गठन गरिएको छ ।

राजधानीको एलफ्ट होटलमा सम्पन्न कार्यक्रम जोन चेयर पर्सन राजन कुवँरको सभापतित्वमा लायन्स लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी का डिष्ट्रिक्ट गर्भनर  अर्जुनमान सैंजुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम मा एमजीएफ लायन अरुण प्रताप राणा, लायन पुरूषोतमभक्त प्रधानांग, लायन बलराम भटराई, लायन अनुपकुमार पहाडी, लायन कोर्डिनेटर बाबुराम निरौला , लायन सन्दीप कसौधन र लायन सरोज महतोको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो  ।

लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रिक्ट ३२५ पी नेपालअन्तर्गत खोलिएको तथा लायन्स क्लब अफ काठमाडौं एक्सेलेन्स टिमद्वारा प्रायोजन गरिएको लायन क्लबको नयाँ कार्य समितिको संस्थापक अध्यक्षमा उद्दबकुमार गुप्ता सर्वसम्मत चयन भएका छन् ।

क्लबको प्रथम उपाध्यक्षमा अमन नोरतम सिंह, द्वितीय उपाध्यक्षमा श्याम बाबु प्रसाद जैसवाल, सचिव आशिष कुशवाहा, कोषाध्यक्ष सिरिल महतो, सहसचिव अनुराधा अधिकारी सल्लाहकारमा सुमन काफ्ले  र क्लब निर्देशक मौसम खनाल चयन भएकाे जनाइएकाे छ ।  मेम्बरसिप चियरपर्सन राजेस्वारी जैसवाल, सर्भिस चेयरपर्सन ओजस्वी सिंह राठौर, मार्केटिङ एन्ड कम्युनिकेसन चेयरपर्सनमा कुनाल गौतम चयन भएका छन् ।

यस्तै, क्लबका प्रमुख सदस्यमा खुशी जैसवाल, शम्भाव धमला, आशिष रौनियार र मुस्कान रौनियार सर्वसम्मत निर्वाचित भएका छन् । एक बर्षको कार्यकाल रहने नयाँ कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई क्लबका संस्थापक अध्यक्षलगायत अतिथिहरुले लायन वर्ष २०२३÷०२४ मा सामाजिक र मानवीय सेवाको काममा रचनात्मक तथा सिर्जनात्मक बन्न सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित