गोलबजार क्याम्पस प्रमुखमाथि अनियमितताको आरोप, प्राध्यापकहरूद्वारा राजीनामा माग
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot_2024-03-01-12-50-24-08_a23b203fd3aafc6dcb84e438dda678b6.jpg_fdQrpmsb2B_mo0amo0t6qqimt078o0sczvapr2x2tu0x2phhf8h8cl3dyykuizarqwvke7s_Yv3bTBZcwZ_z4nfdbsdgeqz0p5orrvwesgob0qn2y2djb3d1bxnvsjppkdwwrjessp1ilcu.jpg)
सिरहा / गोलबजार स्थित रामप्रताप रामप्रसाद तामाङ्ग जनता क्याम्पसका प्रमुख किशोर साहले अनियमितता गरेको आरोप लागेको छ । क्याम्पस प्रमुख साहले संस्थालाई व्यक्तिगत ढङ्गले एकलौटी चलाएर क्याम्पसमा अनियमितता गरेको आरोप लागेकाे हाे ।
क्याम्पसको गरिमा धमिल्याँउने काम गरेको भन्दै सोही क्याम्पसका प्राध्यापकहरूले पत्रकार सम्मेलनमार्फत राजीनामा माग गरेका छन् । प्राध्यापकहरूले क्याम्पस
प्रध्यापकहरुले क्याम्पस प्रमुखको कार्यावधि सकिएको एक वर्षभन्दा लामो समय भइसक्दा पनि अर्को कार्याकालको लागि पहलसम्म नगरेर क्याम्पसलाई अभिभावकविहीन बनाइरहेको आरोप लगाएका छन् ।
जसका कारण हरेक क्रियाकलापहरु सुचारु रुपले सञ्चालन हुन नसक्दा क्याम्पसको गरिमा धमिलिदै गएको उनीहरुकाे भनाई छ। उनीहरुले क्याम्पस विधि विधानअनुसार चल्नुपर्ने संस्था भए पनि प्रमुख साहले आफ्नो अनुकुल चलाउँदा बेथितिहरु मैलाएको प्रध्यापकहरुको आराेप छ।
प्रध्यापकहरुले सहायक क्याम्पस प्रमुखलाई दिएको जिम्मेवारीप्रति बेवास्ता गर्नु, क्याम्पसका सम्पूर्ण समस्याहरुलाई निरारकण गर्न नसकेकाले तत्काल पदबाट राजीनामा दिई क्याम्पसलाई सहज वातावरणमा पुर्याउन माग गरेको छ।
क्याम्पसको दुई कार्यकाल गुजारी सके पनि साहले आफ्नो संस्थाको विधान मिचेर तेस्रो कार्याकालको लागि पनि प्रयास गरिरहेको क्याम्पस सञ्चालक समितिका एक सदस्यले बताए। उनले भने, ‘उहाँको दुई कार्यकाल समाप्त भइसकेको छ, हामीले नयाँ ढङ्गले अगाडी बढ्ने प्रयास गर्दा पनि प्रमुख साहले विभिन्न बाहाना वनाएर टुङ्गोमा पुग्न दिइहेको छैन् ।
ती सदस्यले क्याम्पस प्रमुख साहमाथि अनिमितताको आरोप समेत लगाए। उनले भने, ‘उहाँले कतिपय ठाउँमा आर्थिक अनियमितता पनि गरिरहेको भन्ने हामीले सूचना पाएका छौं, त्यसको विषयमा पनि छलफल चलिरहेको छ।’
यता क्याम्पस प्रमुख साहले एकै ठाउँ काम गर्दा कतिपय असन्तुष्टिहरु हुनु स्वभाविक भएको भन्दै राजीनामा माग्ने विषय बेतुकको रहेको प्रतिक्रिया दिए।
क्याम्पसका संस्थापक अध्यक्ष रामप्रताम तामाङको निधनपछि कार्यबाहक समितिकै रुपमा चलिरहेपनि क्याम्पस प्रमुख साहले आफ्नो अनुकुलतामा समितिलाई पनि प्रयोग गर्ने गरेको समितिकै सदस्यहरु बताउँछन्।
![भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/vedetaar_66WjsonL6u_w0s0ppftmwxtx6iuzews5nmaj8vytzkpfgqj0e5zsjvkl2px0keupxnpoqmn_Arc9v9uflu_ypgmvrrdbhyhfqaowj5vumui98xq1htuhsltufjlkfzzqnwi6klrvqlg1sn6.jpg)
भेडेटारमा बन्याे काेशी प्रदेशकै ठुलाे स्काइवाक : उदघाटनकाे दिननै पर्यटककाे घ…
![कोशी सरकारबाट बाहिरियो माओवादी](https://snowberry.prixacdn.net/media/gallery_folder/indra%2520aangbo_aVDkywiBtl_eamgmvnmknk5hcrij7eve3yflxnbcham6qewjmagg4g98opxinq73ouzgkvd_SPvLYDPQqW_cz3lefdes6lxkcwxvkj1ow63mccrmlxvvri6xomeeybffpmenurp7aplfj0m.jpg)
कोशी सरकारबाट बाहिरियो माओवादी
![धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाबु–छोरा बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/sahakari_DXD8pomjL2_smmbnp86ywrv2dutqrq0aossl7f3l6hqtqypmze7mxhs1bkdhfwpwc22etk9_hPkoti0jWd_5aibwuqyr9yzfznhshx8cisiihstmgijmlktkfyjglq4tu73vefzhvqb2xhe.jpg)
धरानमा बचतकर्ताको ६९ करोड बढी हिनामिना गरी सहकारीका अध्यक्ष–सदस्य रहेका बाब…
![झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी](https://snowberry.prixacdn.net/media/gallery_folder/kaligandaki-majdur_22teRGNFng_aiixyscuisb8w2cohl9ys8eigtccfn4xyf80130izh5m9ewwikkyeitg7dbi_9D2OziwJod_fx14xgxorsczq8uernddc4lcdej5zqwnpk5mcnrhypbfl3gfszthu62rvxzf.jpg)
झापाका ९४० जनाले पाए ७६ दिने रोजगारी
![बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान](https://snowberry.prixacdn.net/media/gallery_folder/bp_QiPzBPQDvV_j4birayywdowws8isnztac5dy5kz19kr0rmslqjnvbwyazbrbihzwcrshopt_SBvbSrZGEn_hp9jrwrhqdxwz5624yyye10nf4akuw90lo7lafuwerr9xzopceooukvgzz94.jpg)
बीपी स्मृति दिवसका अवसरमा धरानमा ‘ग्रिन एन्ड क्लिन’ अभियान
![इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/hotel_CFdupDY07y_cp81fxhkt03gfwgwb16olnddxbro0pryjudhj4z5mqahmhrfso0vusxo2dgz_ls7Pvrgmk7_ug93exl3td7ofrzcob5nknd65vsmoznddipmz0pbib6cjpxv5kz0u4wfxmr9.jpg)
इनरूवाका मेनपावर व्यवसायी राजीव फुयाँल बिराटनगरकाे हाेटलमा मृत भेटिए
![स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी](https://snowberry.prixacdn.net/media/gallery_folder/police%2520post-khotang_xpcZfKePNx_f70etkj9irdsdaybxvtiajmheklokqhnq9eyb2fcnxfntnk39iyccutqgy91_4HYrOOHHd8_9csfja1heyshdvsz0chkdjemdqxa7kuhxvspde7ohh5d9qxhnc5iewcuz0ng.jpg)
स्थानीयले जग्गा दिएपछि खाेटाङकाे पेलुङमा बन्यो अस्थायी प्रहरी चौकी
![आजकाे माैसम : काेशी सहित ४ प्रदेशमा दिउसाे हल्का वर्षा , अन्य प्रदेशमा कस्ताे छ अवस्था ?](https://snowberry.prixacdn.net/media/gallery_folder/rai_iQy1SisSFI_hf2ql3fvh028ur0gn3byhrqm16ajxaytbi97gkah9g6smxzp0zujrkijziov_vX88wDYGtO_einxl7um54wfeskfi5etyell6njfgh1bwcds4losor6pkhzpfz2hqqpyzwdl.jpg)
प्रतिक्रिया