बंगलादेशमा आगलागीमा परेर ४३ जनाको मृत्यु

काठमाडौं / बंगलादेशको राजधानी ढाकास्थित एक भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ । 

बिहीबार राति भएको आगलागीमा परेर मृत्यु भएका ४३ जनामध्य ३३ जनाको ढाका मेडिकल कलेजमा उपचारका क्रममा र १० जनाको ढाकाकै आगलागीको उपचार केन्द्रमा मृत्यु भएको हो ।

आगलागीमा परेका ७५ जनाको जीवितै उद्धार गरिएको छ  । लत्ताकपडाकादेखि रेष्टुरेन्टहरू रहेको सो भवनमा ग्यासको चुहावटबाट आगो लागेको अनुमान गरिए पनि कारण भने स्पष्ट खुलिसकेको छैन । 
 

प्रतिक्रिया

सम्बन्धित