बेलबारी नगर अस्पतालका प्रशासन प्रमुख फेरिए,कर्मचारीलाई २४ घण्टे स्पष्टीकरण !

बेलबारी । बेलबारी नगर अस्पतालले एक जना बिरामीको ल्याब रिपोर्ट २४ घण्टा सम्म नदिएर गम्भिर त्रुटि गरेपछि अस्पतालका प्रशासन प्रमुख फेरिएका छन भने २ जना कर्मचारीहरुलाई २४ घण्टे स्पष्टिकरण सोधिएको छ ।

बिहिबार नगरपालिकामा बसेको नगरप्रमुख, दिलप्रसाद राई,उपप्रमुख नितु थापा कोईराला सहितको बैठकले अस्पतालका प्रशासन प्रमुख फेर्ने निर्णय गरेको हो । अस्पतालका प्रशासन प्रमुख ईन्द्रमणि कट्टेललाई नगरपालिकामा तानेर सोही ठाँउमा जगतबन्धु गिरीलाई अस्पतालको प्रशासन प्रमुख बनाउने निर्णय भएको बेलबारी नगरपालिकाका प्रशासन प्रमुख महेन्द्र खडकाले जानकारी दिएका छन ।

बेलबारी ५ को कसेनी स्वास्थ्य चौकीमा कार्यरत गिरीलाई अस्पताल प्रशासन प्रमुख बनाउने निर्णय भएको छ भने २४ घण्टासम्म ल्याब रिपोर्ट नदिने २ जना कर्मचारीलाई २४ घण्टे स्पष्टीकरणको पत्र पठाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित